यस्तो छ तपाईंको राशिफलबिहीबार, जेठ ३२, २०८०

नक्कली शरणार्थी प्रकरण : बुधबार पनि सकिएन बहस, ३ जना प्रतिवादीको तर्फबाट बिहीबार थुनछेक बुधबार, जेठ ३१, २०८० प्रतिवादीको तर्फबाट बहस सक्न न्यायाधीश प्रेमप्रसाद न्यौपानेले समय दिएपनि बहस पुरा भएन । प्रतिवादीहरू हरिभक्त महर्जन, लक्ष्मी महर्जन र शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट बिहीबार थुनछेक बहस हुने भएको छ ।

फ्रि भिसा फ्रि टिकट कार्यान्वयन भएको छैन : पूर्वश्रममन्त्री श्रेष्ठ बुधबार, जेठ ३१, २०८० पूर्वश्रम, रोजगार तथा सामाजिक विकास मन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले वैदेशिक रोजगारीमा जान चाहानेका लागि व्यवस्था गरिएका व्यवस्थाहरू नै कार्यान्वयन गर्न नसकेको टिप्पणी गरेका छन् ।

लम्पी स्किनको प्रकोप, साढे नौ हजार पशु मरे बुधबार, जेठ ३१, २०८० चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेका छन् । यसैगरी, हालसम्म तीन लाख ५५ हजार छ सय ९८ पशु सङ्क्रमित भएका छन् । हाल यस रोगको प्रकोप देशभर ७३ जिल्ला फैलिएको छ ।

मानवअधिकार सुनिश्चिततका लागि कानुनी सुधार गर्न सरकार तयार छ : मन्त्री आचार्य बुधबार, जेठ ३१, २०८० महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले अपाङ्गता भएका व्यक्तिहरूको मानवअधिकार सुनिश्चितताका लागि कानुनी सुधारको आवश्यकता परे तत्काल संशोधन गर्न पछि नहट्ने स्पष्ट पारेका छन् ।

१२ जनाको नामबाट ६३ खाता खोलेर अवैध कारोबार बुधबार, जेठ ३१, २०८० विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले रु ६४ करोडको अवैध कारोबार गरेको फेला परेको छ ।

ललितपुरका भूमिहीनलाई निस्सा वितरण बुधबार, जेठ ३१, २०८० राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले ९४ भूमिहीन सुकुम्वासीलाई जग्गाको निस्सा वितरण गरेको छ ।

बालबालिका अपहरणमा संलग्न देवलाई तीन वर्ष कैद बुधबार, जेठ ३१, २०८० दुई बालिकालाई अपहरण गरेको अभियोगमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ ।

मकवानपुरमा ५४ लाखको सुनसहित एक पक्राउ बुधबार, जेठ ३१, २०८० मकवानपुर प्रहरीले रु ५४ लाख बराबरको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।

तटबन्ध निर्माणले बाँझो जमिन हराभरा बुधबार, जेठ ३१, २०८० पुनर्वास नगरपालिका–९ सीताबस्ती आसपास दोदा नदीमा पाँच सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । तटबन्धन निर्माणपछि यहाँका बाँझो जमिन हराभरा देखिन थालेका छन् ।

सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु बुधबार, जेठ ३१, २०८० व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुवैको सुत्केरी गराउने क्रममा मृत्यु भएको छ ।

भूकम्पका कारण भत्किएका पशुपति क्षेत्रका ७१ सम्पदा पुनःनिर्माण बुधबार, जेठ ३१, २०८० विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनःनिर्माण गरिएको छ ।
1683519048.jpg)
धमाधम हटाइँदै अव्यवस्थित तार बुधबार, जेठ ३१, २०८० काठमाडौं महानगरपालिकाभित्र अव्यवस्थित रूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ ।