News Griha :: न्यूजगृह
उच्च तापक्रमका कारण बोटमै कुहियो करोडौँको ड्रायगन फ्रुट
उच्च तापक्रमका कारण बोटमै कुहियो करोडौँको ड्रायगन फ्रुट केही दिनदेखि लागेको चर्को घामका कारण करोडौँको ड्रायगन फ्रुट नष्ट भएको छ । तापक्रम बढेसँगै फूल फुल्दै गरेका र फल लागेका ड्रायगन फ्रुट बोटमै कुहिएका छन् । 
कुटपिटबाट वडा सदस्यको मृत्यु
कुटपिटबाट वडा सदस्यको मृत्यु काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ श्यामपाटी सिमलचौरका वडा सदस्य ज्ञानी विकको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । 
नख्खु–भैँसेपाटी सडक सम्पन्न
नख्खु–भैँसेपाटी सडक सम्पन्न वर्षौँदेखि अलपत्र अवस्थामा रहेको ललितपुरको नख्खु–भैँसेपाटी सडक सम्पन्न भएको छ । सडकका केही भागमा थोरै काम बाँकी भए पनि सबैभन्दा समस्या रहेको नख्खु उकालोमा कालोपत्र सकिएको हो । 
यी सेलिब्रेटीले गर्छन ‘वान एक्स बेट’को विज्ञापन 
यी सेलिब्रेटीले गर्छन ‘वान एक्स बेट’को विज्ञापन  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्छी धुब्रे भनेर चिनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनेर चिनिने राजु पौडेललगायत ८ जनालाई पक्राउ गरेको छ । उनीहरु काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका हुन् । बुधबार मात्र प्रहरीले अनलाइनमार्फत जुवा खेलाउने गिरोहका पाँच जना पक्राउ परेका थिए ।
अनलाइन बेटिङको आरोपमा कलाकार 'राजु मास्टर' पक्राउ
अनलाइन बेटिङको आरोपमा कलाकार 'राजु मास्टर' पक्राउ बिहीबार नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठलाई पक्राउ गरेको छ ।  पक्राउ परेका अन्य कलाकारका बारेमा भने प्रहरीले केही खुलाएको छैन।
कलाकार 'बल्छी ध्रुबे' पक्राउ, वान एक्स बेटबाट अनलाइनमा सट्टेबाजी गरेको आरोप
कलाकार 'बल्छी ध्रुबे' पक्राउ, वान एक्स बेटबाट अनलाइनमा सट्टेबाजी गरेको आरोप प्रतिबन्धित अनलाइन बेटिङ गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूले युट्युबमार्फत वानएक्स बेटिङको विज्ञापन गर्ने गरेका थिए ।
बैंकिङ कसूर मुद्दाका प्रतिवादी हतियारसहित पक्राउ   
बैंकिङ कसूर मुद्दाका प्रतिवादी हतियारसहित पक्राउ    सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका— ३ का ३२ वर्षीय रमेश बानियाँलाई पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्यागजिन २ थान र गोली ११ थानसहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीद्वारा शपथ
राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीद्वारा शपथ राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकारमा नियुक्त निवर्तमान मुख्यसचिव शङ्करदास बैरागीले शपथ लिएका छन् । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार उनलाई शपथ गराएका हुन् । 
हाइकिङमार्फत मह गाउँको प्रवर्द्धन
हाइकिङमार्फत मह गाउँको प्रवर्द्धन गाउँका सबै घरमा मौरीका घार छन् । यहाँको मह स्वदेशमा मात्रै नभइ विदेशमा पनि निर्यात हुने गरेको छ । पछिल्लो समयमा त दगामको पहिचान नै मह गाउँ बनेको छ ।
मुगुको सोरुमा खाद्यान्न संकट
मुगुको सोरुमा खाद्यान्न संकट सोरु गाउँपालिकाका सबै गाउँमा खाद्यान्न अभाव चुलिएको छ । गतवर्ष असोजको बाढी पहिरोले गहुँ, जौँ नष्ट हुँदा स्थानीयलाई अनिकालले पिरोलेको हो । सोरुकोट खाद्य डिपोमा पनि पर्याप्त चामल नभएकाले गाउँघरमा भोकमरी भएको सोरु गाउँपालिका–३ का वडाध्यक्ष सिंहबहादुर धामीले बताए ।
खडेरीले कृषि बालीमा असर
खडेरीले कृषि बालीमा असर लामो समयसम्म परेको खडेरीले कृषि बालीमा असर पुगेको छ । आकाशे पानी नपरेपछि खेतबारी तथा करेसाबारीमा लगाइएका अन्नबाली तथा तरकारी सप्रन पाएका छैनन् ।
श्रीमतीको शव बोरामा बोकेर चिहानडाँडा पुगेका श्रीमान् पक्राउ
श्रीमतीको शव बोरामा बोकेर चिहानडाँडा पुगेका श्रीमान् पक्राउ विष्टले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Weather Update