अनलाइन बेटिङको आरोपमा कलाकार 'राजु मास्टर' पक्राउ

काठमाडौं— अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा कलाकार राजु मास्टर भनेर चिनिने राजु पौडेल पक्राउ परेका हुन् ।
बिहीबार नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठलाई पक्राउ गरेको छ । पक्राउ परेका अन्य कलाकारका बारेमा भने प्रहरीले केही खुलाएको छैन।
यसअघि बुधबार मात्र यसै प्रकरणमा अनलाइनमार्फत जुवा खेलाउने गिरोहका पाँच जना पक्राउ परेका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८० १२:५५