कलाकार 'बल्छी ध्रुबे' पक्राउ, वान एक्स बेटबाट अनलाइनमा सट्टेबाजी गरेको आरोप

काठमाडौं— प्रतिबन्धित अनलाइन बेटिङ गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूले युट्युबमार्फत वानएक्सबेटिङको विज्ञापन गर्ने गरेका थिए । युट्युबमा प्रोमो कोड प्रयोग गरी वान एक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै उनीहरूले विज्ञापन गर्ने गरेका थिए ।
प्रहरीले बुधबार मात्रै पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८० १२:११