News Griha :: न्यूजगृह
बैंकिङ कसूर मुद्दाका प्रतिवादी हतियारसहित पक्राउ   

काठमाडौं— बैंकिङ कसूर मुद्दाका प्रतिवादी हतियारसहित पक्राउ  परेका छन् ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका— ३ का ३२ वर्षीय रमेश बानियाँलाई पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्यागजिन २ थान र गोली ११ थानसहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनी बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादीसमेत हुन् । प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनलाई भक्तपुरको नयाँ बाटोबाट पक्राउ गरेको हो ।

प्रहरीलाई बानियाँ काठमाडौंको जयबागेश्वरीमा रहेको सूचना थियो । सोही सूचनाअनुसार प्रहरी टोली जयबागेश्वरी पुग्यो । तर प्रहरी टोलीलाई देख्नासाथ बानियाँले बोकेको झोला सडकमा फालेर फरार भए । झोला तलासी गर्दा बरामद हतियार फेला परेको हो । त्यसपछि खोजी गर्ने क्रममा उनलाई प्रहरीले भक्तपुरको नयाँ बाटोबाट फेला पारेको हो ।  

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ११:४९
Weather Update