News Griha :: न्यूजगृह
राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीद्वारा शपथ

काठमाडौं— राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकारमा नियुक्त निवर्तमान मुख्यसचिव शङ्करदास बैरागीले शपथ लिएका छन् । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार उनलाई शपथ गराएका हुन् । 

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि बिहीबारै प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा परिषद्को बैठक बसेको थियो । 

मन्त्रिपरिषद् बैठकले बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार र प्रधानमन्त्री कार्यालयका सविच डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । रासस

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ११:४६
Weather Update