काठमाडौं— अनलाइनमार्फत जुवा खेलाउने कार्यलाई प्रवर्द्धन गरेको आरोपमा बिहीबार प्रहरीले कलाकारलाई पक्राउ गर्यो ।
श्रेष्ठ र राजु मास्टर भनेर चिनिने राजु पौडेललगायत ८ जनालाई पक्राउ गरेको छ । उनीहरु काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका हुन् । बुधबार मात्र प्रहरीले अनलाइनमार्फत जुवा खेलाउने गिरोहका पाँच जना पक्राउ परेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्छी धुब्रे भनेर चिनिने मरिचमानविश्वभर सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने र क्रिप्टोकरेन्सीको कारोबार गर्ने पाँच जनालाई प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरी सार्वजनिक गरेको थियो ।
उनीहरूमध्ये एकै व्यक्तिले विभिन्न व्यक्तिका कागजात प्रयोग गरी ६३ वटा खाता खोलेर ६४ करोडको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस घटनामा ७४ करोडभन्दा बढी कारोबार भएको देखिएको छ ।
अनलाइन बेटिङ प्रवर्द्धन गर्नेमा चर्चित सेलिब्रेटी
नेपालमा चर्चित मोडल, कलाकार तथा टिकटकर समेतले ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गर्छन् ।
नायिका सुष्मा कार्की, मोडल विना राउत, अर्की मोडल तथा टिकटकर उषा उप्रेती, कोरियोग्राफर तथा मोडल, टिकटकर सरोज प्रजाले समेत ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गर्छन् । उनीहरुले टिकटक भिडिओ, बल्गमार्फत विज्ञापन गरेको देख्न सकिन्छ । त्यस्तै, युट्युबर एलिस राईसमेत सट्टेबाजीको प्रचारमा सक्रिय छन् ।