News Griha :: न्यूजगृह
इटहरीमा मोटरसाइकल र पिकअप भ्यान ठोक्किँदा तीनको मृत्यु, एक घाइते
इटहरीमा मोटरसाइकल र पिकअप भ्यान ठोक्किँदा तीनको मृत्यु, एक घाइते दुर्घटनामा इटहरी– १६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार राईले बताए ।
पाल्पामा माछा मार्ने क्रममा जालमा फसेर एक जनाको मृत्यु 
पाल्पामा माछा मार्ने क्रममा जालमा फसेर एक जनाको मृत्यु  फोक्सिङकोटको छाप गाउँमा बस्दै आएका पाडे मगरको घरदेखि एक किलोमिटर टाढाको नदीमा माछा मार्न गएका बेला डुबेर मृत्यु भएको प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए । 
सुन तस्करी प्रकरण : भन्सारका एक्सरे अपरेटर निलम्बित
सुन तस्करी प्रकरण : भन्सारका एक्सरे अपरेटर निलम्बित भन्सार विभागको शुक्रबार बेलुकाको निर्णयबाट एक्सरेमा संलग्न अपरेटर सरोज श्रेष्ठ निलम्बनमा परेका हुन् । यो प्रकरणमा निलम्बनमा पर्ने श्रेष्ठ तेस्रो कर्मचारी हुन् ।यसअघि भन्सार अधिकृत सन्तोष चन्दसहित दुई जना निलम्बनमा परिसकेका छन् ।
मनाङमा यार्तुङ मेला सुरु
मनाङमा यार्तुङ मेला सुरु मनाङमा यार्तुङ (घोडेजात्रा) पर्व सुरु भएको छ । यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताए । ‘विशेष गरी नाचेर पर्व मनाउने गरिन्छ,’ उनले भने, ‘यार्तुङ छोड्नुहुँदैन भनेर लाग्नुपर्ने अवस्था छ, सबै बसाइ सर्ने गरेकाले पूजा गर्न छाडिसकिएको छ ।’ सबै बसाइँसराइले...
जनकपुर सुरक्षा अस्पतालका डाक्टर बिरामी छोडेर भागे 
जनकपुर सुरक्षा अस्पतालका डाक्टर बिरामी छोडेर भागे  जनकपुरधाम उपमहानगरपालिका– १५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको पाठेघरको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो । उपचारमा संलग्न डाक्टरको लापरवाहीको कारण सोनियाको मृत्यु भएको भन्दै मृतकका आफन्त आक्रोशित बनेका थिए । आक्रोशित समूहले हिजो साहको शव अस्पतालको गेटमा राखेर प्रदर्शन गरेको थियो । 
जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा आगजनी
जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा आगजनी गुठीचौर– ४ का सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले बताए। उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडानन्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा अज्ञात समूहबाट आगजनी भएको छ  । 
चितवनको ऐतिहासिक धार्मिक तीर्थस्थल वाल्मीकि आश्रममा खानेपानीको व्यवस्था
चितवनको ऐतिहासिक धार्मिक तीर्थस्थल वाल्मीकि आश्रममा खानेपानीको व्यवस्था चितवनको ऐतिहासिक धार्मिक तीर्थस्थल वाल्मीकि आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ ।
आज ४१ औं बीपी स्मृति दिवस मनाइँदै
आज ४१ औं बीपी स्मृति दिवस मनाइँदै प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको योगदानको स्मरण गरी आज देशभर ४१औं बीपी स्मृति दिवस मनाइँदै छ ।
बाग्मती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा 
बाग्मती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
शनिबार यी राशि हुनेलाई लाभ  
शनिबार यी राशि हुनेलाई लाभ   साउन ६ गते शनिबार । अधिक साउन शुक्ल चतुर्थी तिथि । पञ्चाङ्ग वरियान विष्टि भद्रा पूर्व । राशिफल ।
नेम्वाङ भन्छन्— अहिलेसम्म संसदीय समितिले नेतृत्व नपाउनु दुःखद्
नेम्वाङ भन्छन्— अहिलेसम्म संसदीय समितिले नेतृत्व नपाउनु दुःखद् नेकपा एमाले संसदीय दलका उपनेता एवम् उपाध्यक्ष सुवास नेम्वाङले अहिलेसम्म पनि संसदीय समितिले नेतृत्व पाउन नसक्नु दुःखद् भएको बताएका छन् ।
Weather Update