नेम्वाङ भन्छन्— अहिलेसम्म संसदीय समितिले नेतृत्व नपाउनु दुःखद्

काठमाडौं— नेकपा एमाले संसदीय दलका उपनेता एवम् उपाध्यक्ष सुवास नेम्वाङले अहिलेसम्म पनि संसदीय समितिले नेतृत्व पाउन नसक्नु दुःखद् भएको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले आफूलाई दलका नेताहरुले असार अन्तिमसम्ममा समितिले नेतृत्व पाउँछ भनेको भए पनि समय कटिसक्दा समिति नेतृत्वबिहीन हुन राम्रो नभएको बताए ।
उनले भने,‘यसबीचमा तपाईंहरु जस्तै मैले बारम्बार यो कुरा गरेको छु, हाम्रा नेताहरुसँग, सत्तापक्षसँग मलाई जानकारी भएअनुसार आजभोलि टुंगिनु पर्दथ्यो । असारभित्रमा सभापति संसदले पाउँछ, भनेर मलाई भनिएको थियो । तर असार पनि नाघ्यो । अब समितिले सभापति पाउँछ । समितिले सभापति नपाएको कुरा दुःखद् हो । जतिसक्दो चाँडो यसले टुंगो पाउनुपर्छ ।’
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० २२:१४