News Griha :: न्यूजगृह
एनआरएनए कुवेतमा नयाँ कार्यसमिति चयन

काठमाडौं— गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कुवेतको ८औं राष्ट्रिय महाधिवेशनले फेरि रणध्वज लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ  ।

उक्त अधिवेशनले आईसीसी सदस्यमा हरि लावती, वरिष्ठ उपाध्यक्षमा मानबहादुर तामाङ र होमनाथ गिरि,महिला उपाध्यक्षमा रमिता तामाङ  उपाध्यक्षमा मोहन राई, दामोदर बटाला, विकाशबहादुर सिंह, निरन्जन सिंह ठकुरी चयन भएका  छन् ।

यसैगरी महासचिवमा मनिश केसी, सचिवमा विजय धामी,मन कुमार राई, कोषाध्यक्षमा सोनाम लामा, सह कोषाध्यक्षमा जीवन निरौला, युवा संयोजकमा आङ नोर्बु शेर्पा,महिला संयोजकमा सजिना गुरुङ युवा सहसंयोजकमा छेनाम तामाङ र महिला सहसंयोजकमा मायादेवी राई पाण्डे चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा सूर्य कुमार लामा, दुर्गा कुमारी ओली, रुपक थापा, मोहम्मद आलम्गिर अन्सार, राजु पुन मगर, राजु धिमाल ,प्रकाश राई, उमेश राई, अशोक साह सोनार, लालबहादुर सुनुवार, सुब्बा फ्युबा तामाङ, पेमा दोर्जे लामा र चित्रबहादुर थापा निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक सुजन केसीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०८:२०
Weather Update