News Griha :: न्यूजगृह
मकवानपुरमा दार पकेट क्षेत्र घोषणा
मकवानपुरमा दार पकेट क्षेत्र घोषणा मकवानपुरमा पहिलोपटक दार पकेट क्षेत्र घोषणा गरिएको छ । भीमफेदी गाउँपालिका–१ मा रहेको दरबारडाँडा सामुदायिक वन उपभोक्ता समूहको करिब दुई हेक्टर क्षेत्रफल जमिनमा एक हजार चार सय ५० वटा दारको बिरुवा रोप्ने लक्ष्य लिइएर पकेट क्षेत्र घोषणा गरिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।
आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ ।
शुक्रबार यी राशि हुनेलाई लाभ
शुक्रबार यी राशि हुनेलाई लाभ मेष स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । रोकिएका कामहरु सुचारु हुनेछन् ।
बैतडीमा चितुवाको आक्रमणबाट किशोरी गम्भीर घाइते, स्थानीय त्रसित
बैतडीमा चितुवाको आक्रमणबाट किशोरी गम्भीर घाइते, स्थानीय त्रसित चितुवाको आक्रमणबाट घाइते भएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लुहारलाई उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ ।
नक्कली नेपाली नोटसहित एक पक्राउ
नक्कली नेपाली नोटसहित एक पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
पृतनापति समन्वयात्मक बैठक सुरु, रक्षामन्त्री र प्रधानसेनापतिले के भने ?
पृतनापति समन्वयात्मक बैठक सुरु, रक्षामन्त्री र प्रधानसेनापतिले के भने ? उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील एवम् गहन विषयमा नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने अन्तरक्रियाले समग्र राष्ट्रको सुरक्षा अवस्था र वर्तमान चुनौतीको पहिचान हुने बताएका छन् ।
वनकालीको पार्किङ ठेक्का रद्द 
वनकालीको पार्किङ ठेक्का रद्द  सम्झौताअनुसार मासिक चार लाख ८३ हजार ३३ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्नेमा लामो समय सम्म बक्यौता बाँकी राख्नुका साथै अन्य थुप्रै नियम उलङ्घन गरेको भन्दै कोषले एक महिनाभित्र बक्यौता उठाउने र ठेक्का रद्द गर्ने निर्णय गरेको हो । कोषको बैठकले ठेकेदार कम्पनी तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालिको बैंक ग्यारेन्टीसमेत जफत...
सन्दीपविरुद्धको बलात्कार मुद्दा न्यायाधीश कार्कीको इजलासमा 
सन्दीपविरुद्धको बलात्कार मुद्दा न्यायाधीश कार्कीको इजलासमा  काठमाडौं जिल्ला अदालतमा विचाराधीन लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम बहस पटकपटक स्थगित हुँदै आएकोमा बिहीबारका लागि पेसी तोकिएको छ । भदौ १० गते जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी थियो ।
हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ
हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ दुवै जनाबीच बुधबार बिहान सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कँदै गरेका अधिकारीलाई कटुवालले धकेल्दा लडेर उनी घाइते भएका थिए । गम्भीर घाइते अधिकारीलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो तर चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास राईले बताए ।
सडक कालोपत्रेपछि डेढ घण्टाको यात्रा अब आधा घण्टामै
सडक कालोपत्रेपछि डेढ घण्टाको यात्रा अब आधा घण्टामै  मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलादेखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रे भएपछि यात्रा अवधि छोटिएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची  कार्यसूचीअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् ।
बीपी साहित्य महोत्सव तयारी समिति सदस्यमा नाम राखेपछि शिव लम्साल असन्तुष्ट
बीपी साहित्य महोत्सव तयारी समिति सदस्यमा नाम राखेपछि शिव लम्साल असन्तुष्ट बीपी साहित्य महोत्सव–२०८० तयारी समिति सदस्यमा आफ्नो नाम राखेको भन्दै नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल असन्तुष्ट भएका छन् ।
Weather Update