बीपी साहित्य महोत्सव तयारी समिति सदस्यमा नाम राखेपछि शिव लम्साल असन्तुष्ट

काठमाडौं— बीपी साहित्य महोत्सव–२०८० तयारी समिति सदस्यमा आफ्नो नाम राखेको भन्दै नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल असन्तुष्ट भएका छन् ।
बुधबार विज्ञप्ति जारी गर्दै लम्सालले बिनासल्लाह पछिल्लो पटक सो समितिमा सदस्य बनाइएको भन्दै उक्त सदस्य अस्वीकार गरेका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्,‘बीपी साहित्य महोत्सव आयोजना गर्नु राम्रो काम भएको तर तयारी समितिमा आफ्नो नाम राख्दा कुनै छलफल नभएकाले आफू सो तयारी समितिमा नरहेको जानकारी गराउँछु ।’
कांग्रेसले महोत्सव तयारी समितिमा ११ सदस्य थप गरेको छ । ११ सदस्यभित्र लम्सालको पनि नाम छ ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० ०७:०४