News Griha :: न्यूजगृह
बीपी साहित्य महोत्सव–२०८० तयारी समितिमा ११ सदस्य थप 

काठमाडौं— नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव–२०८० तयारी समितिमा ११ जना सदस्य थप गरेको छ ।

पार्टीको बैठकको निर्णयानुसार भदौ २४, २५ र २६ मा आयोजना हुने बीपी साहित्य महोत्सव– २०८० सम्पन्न गर्न ११ सदस्य थप गरिएको हो ।

सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा गठित बीपी साहित्य महोत्सव– २०८० तयारी समितिमा सदस्य थप गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

थपिएका सदस्यमा मीनाक्षी झा, सुजाता परियार, लक्ष्मी परियार, डा.चन्द्रमोहन यादव, सुशीला मिश्र भट्ट, डा.तुलसी भट्टराई, डा.विष्णुविभु घिमिरे, डा.वेञ्जु शर्मा, वियोगी बुढाथोकी, गेजा शर्मा वाग्ले र शिव लम्साल छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०६:०९
Weather Update