
आज यी प्रदेशमा वर्षाको सम्भावना शनिबार, भदौ २३, २०८० शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तो छ तपाईंको आजको राशिफल शनिबार, भदौ २३, २०८० भदौ २३ गते शनिबार । भदौ कृष्ण दशमी तिथि । पञ्चाङ्ग व्यतिपात वणिज आर्द्रा । यस्ता छन् राशिफल ।

नक्कली नोटसहित गोरखा धारापानीका युवा पक्राउ शुक्रबार, भदौ २२, २०८० नेपाल प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

अस्ट्रेलिया पठाइदिन्छु भन्दै २० लाख ठगी गर्ने महिला पक्राउ शुक्रबार, भदौ २२, २०८० अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शुक्रबार, भदौ २२, २०८० सरकारले जनवादी गणतन्त्र चीनको बेइजिङमा २०८० भदौ २६ देखि २९ गतेसम्म आयोजना हुने नेपाल—चीन संयुक्त व्यापारको दोस्रो बैठकमा सहभागी हुनका लागि सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधि मण्डल पठाउने निर्णय गरेको छ ।

अमेरिका पठाइदिने भन्दै मानव बेचबिखन गिरोहका नाइके पक्राउ शुक्रबार, भदौ २२, २०८० अमेरिका पठाइदिने भन्दै मानव बेचबिखन गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पूर्वी रुकुम घर भई हाल अमेरिका बस्ने मृदुल भन्ने हस्त गौतमलाई पक्राउ गरेको हो ।

त्रिभुवन विमानस्थलबाट १२ केजी चरेससहित ३ जना पक्राउ शुक्रबार, भदौ २२, २०८० थाइल्याण्ड लैजान लागिएको १२ किलो चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका ३ का ४५ वर्षीय विकास भनिने विरु, लमजुङको दोर्दी गाउँपालिका ५ का ३४ वर्षीय सुन्दर गुरुङ र ४७ वर्षीय औताराम गुरुङ छन् ।

कैदी मृत्यु प्रकरण : ७ प्रहरी र ८ कैदीविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता शुक्रबार, भदौ २२, २०८० प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको हो । त्यस्तै, कैदी राम कार्की, अनिश शर्मा कट्टेल, सचिन राई, सुमन सारुमगर, टीकाराज चौहान नवीनकुमार राई इन्द्रध्वज घिमिरे, मीनबहादुर तामाङविरुद्ध...
दुर्गममा सर्पदंशको उपचार पाउनै समस्या शुक्रबार, भदौ २२, २०८० भोजपुरका दुर्गम भेगका स्थानीयलाई सर्पदंशको उपचार पाउन नै समस्या हुने गरेको छ । दुर्गम भेगका स्थानीयलाई सामान्य स्वास्थ्योपचार लिन घन्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले उनीहरूले प्राथमिक उपचार पाउनै समस्या हुने गरेको हो । सर्पको डसाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन् । कतिपयको अङ्गभङ्गसमेत हुने गरेको अवस्था छ...

सुन तस्करी प्रकरणमा थप एक पक्राउ शुक्रबार, भदौ २२, २०८० प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका शिव कुमार सफर छन् । उनीसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६१ किलो सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।

‘निजामती सेवा विधेयक छिट्टै संसदमा दर्ता हुन्छ’ शुक्रबार, भदौ २२, २०८० प्रधानमन्त्री दाहालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ,‘संघीय निजामती सेवा ऐन यथाशक्य जारो होस् भन्ने सबैको भावना छ । यसै भावना र मर्मलाई आत्मसात गर्दै सरकारले संघीय निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट स्वीकृत गरी केही दिनभित्र संसद्मा दर्ता गर्ने तयारी गरिरहेको छ ।’

हेलम्बु–याङ्री–लार्के सुरुङमार्ग बनाउन प्रस्ताव शुक्रबार, भदौ २२, २०८० हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ ।