अस्ट्रेलिया पठाइदिन्छु भन्दै २० लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं— अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर जिल्ला मध्यपुरठिमी नगरपालिका–४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ५० वर्षीया रत्न केशरी श्रेष्ठलाई २० लाख ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले आशा माया लामालाई वैदेशिक रोजगारीको लागि अस्ट्रेलिया पठाइदिन्छु भन्दै २० लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।
श्रेष्ठलाई खोजतलास गर्ने क्रममा सामाखुसीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८० १८:१२