जातीय द्वन्द्वको षड्यन्त्र सफल हुन दिँदैनौं : गृहमन्त्री श्रेष्ठसोमबार, भदौ २५, २०८०

ठेक्का सम्झौता भएको ४ वर्षमा पनि म्याग्दीको दाङखोलामा पुल बनेन सोमबार, भदौ २५, २०८० म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको ४ वर्षसम्म पनि काम सुरुआत भएको छैन ।

पहिले चहलपहल अहिले सुनसान कटारी बजार सोमबार, भदौ २५, २०८० पहाडका तीन जिल्ला ओखलढुङ्गा, खोटाङ्ग सोलुखुम्बुको एक मात्र नुन, तेल भाँडावर्तन, अन्नपात, मरमसला किन्ने थलो थियो कटारी बजार ।

स्रोत नखुलेको २६ लाखसहित विमानस्थलमै पक्राउ परे कर अधिकृत सोमबार, भदौ २५, २०८० नेपालगन्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका छन् ।

फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी गर्ने ३ जना पक्राउ सोमबार, भदौ २५, २०८० प्रहरीले फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम लिएर ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले सुकेधाराबाट पक्राउ गरेको हो।

सुनजस्तो देखिने धातुसहित विमानस्थलबाट ४ जना पक्राउ सोमबार, भदौ २५, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुको ब्रासलेट दुई थान र बेरुवा औँठी एक थान गरी जम्मा ८५ ग्रामसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

कुन राशि हुनेहरूलाई कस्तो लाभ ? सोमबार, भदौ २५, २०८० वृष : नयाँ व्यवसाय सुरु गर्ने योग रहेको छ । सामाजिक काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयास गर्दा भाग्यले साथ दिनेछ ।

‘गुड फ्राइडे’ प्रकरण : एसएसपी पालले यौनहिंसा गरेको समितिको ठहर, बर्खास्त गर्न प्रस्ताव आइतबार, भदौ २४, २०८० छानबिन समितिले प्रहरी आचारसंहिता तथा प्रहरी नियमावली विपरीतको काम गरेको, महिला सहकर्मीलाई यौनहिंसा गरेको पुष्टि भएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकर्मी महिला प्रहरीमाथि कार्यकक्ष मै यौनहिंसा गरेको पुष्टि भएपछि बर्खास्तसम्मको प्रस्ताव गर्दै प्रतिवेदन पेस गरिएको समिति स्रोतले जानकारी दियो ।

प्रहरीमाथि आक्रमण गरि हतियार लुट्ने गिरोह पक्राउ आइतबार, भदौ २४, २०८० जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत ड्युटीमा खटिएका सादा पोशाकमा प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई शुक्रबार राति यो समूहले आक्रमण गरी उनीहरूको साथमा भएको हतियार लुटेर लगेको थियो । अनुसन्धानका क्रममा लुटपाट भएको पेस्तोलसहित गिरोहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

बाग्लुङको तमानखोला गाउँपालिकाले ल्यायाे भोजभतेरमा छुट्टाछुट्टै भान्छा गरे कारबाही गर्ने नीति आइतबार, भदौ २४, २०८० बाग्लुङको तमानखोला गाउँपालिकाले सामाजिक भेद्भाव तथा छुवाछुतलाई शून्य बनाउने उद्देश्यले सामाजिक रुपमा हुने भोजभतेर एउटै हुनुपर्ने नीति बनाएको छ ।

घाँस काट्दैगर्दा करेन्ट लागेर एकको मृत्यु आइतबार, भदौ २४, २०८० कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालकसँग सीआईबीले गर्यो सोधपुछ आइतबार, भदौ २४, २०८० सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ ।

स्वार्थप्रेरित समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनुस् : प्रधानसेनापति शर्मा आइतबार, भदौ २४, २०८० प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवम् पूर्वाग्रही बेमौसमी तर्क उठाइ स्थिर माहोललाई खल्बल्याउने कुनै पनि स्वार्थ प्रेरित समूहबाट क्षणिक र दूरगामी असर पार्नसक्ने प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन निर्देशन दिएका छन् ।