News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालकसँग सीआईबीले गर्‍यो सोधपुछ

काठमाडौं— सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ ।

सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग पटक—पटक कुराकानी भएको देखिएपछि भण्डारीसँग सोधपुछ गरेको हो ।

स्रोतका अनुसार सुन तस्करीको विषयमा सोधपुछ गर्न बोलाएपछि भण्डारी आइतबार सीआईबीकोमा गएका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १५:१५
Weather Update