भोलिसम्म पानी पर्ने, पश्चिममा भन्दा पूर्वमा धेरैमंगलबार, भदौ २६, २०८०

सवारी दुर्घटनामा प्राचार्य सुवेदीको मृत्यु मंगलबार, भदौ २६, २०८० कनकाई नगरपालिका वडा नं ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मंगलबार साँझ उनी सवार प्र१–०१–०१३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१च ३२४८ नम्बरको जीपले ठक्कर दिएको थियो ।

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध मंगलबार, भदौ २६, २०८० अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ तयारी अवस्थामा रहेको प्रहरी प्रमुख तामाङले बताए । नारायणगढ–मुग्लिन सडकखण्ड पटकपटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

यस्तो छ आजको मौसम पूर्वानुमान मंगलबार, भदौ २६, २०८० जसका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भु–भागमा सामान्यतया बदली रहि देशका बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरुमा साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मंगलबार तपाईंको राशिफल हेर्नुस् मंगलबार, भदौ २६, २०८० भदौ २६ गते मंगलबार । भदौ कृष्ण त्रयोदशी तिथि । पञ्चाङ्ग शिव गर अश्लेषा ।

६१ किलो सुन प्रकरणको अनुसन्धान टुंगियो, तीन कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष मंगलबार, भदौ २६, २०८० प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले 'ब्रेक शु'को आवरणमा लुकाई भन्सार जाँचपास पछि बरामद भएको सुनलाई बजार मूल्यअनुसार आउने रकम बिगो कायम गरेर सङ्गठित अपराध, राजश्व भन्सार छली र नेपाल राष्ट्र बैंक ऐनविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको हो । सीआईबीका अनुसार चिनियाँसहित ९ विदेशी र २१ नेपालीलाई मुद्दा चलाउने...

१५ वर्षीया किशोरीमाथि पटकपटक सामूहिक बलात्कार, तीन युवक पक्राउ सोमबार, भदौ २५, २०८० उनीहरूलाई पीडित किशोरीको आमाको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीका अनुसार जाहेरीमा किशोरीमाथि दुई पटक सामूहिक बलात्कार भएको उल्लेख छ । दोधारा चाँदनी नगरपालिकाकी किशोरीलाई तीनै जनाले विभिन्न प्रलोभन दिएर जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

तीजलाई क्रान्तिको रूपमा मनाउनुपर्छ : उपसभामुख राना सोमबार, भदौ २५, २०८० उपसभामुख इन्दिरा राना मगरले तीज पर्वलाई क्रान्ति दिवसको रुपमा मनाउनुपर्ने बताएकी छिन् ।

स्क्रब टाइफसबाट चितवनमा एक महिलाको मृत्यु सोमबार, भदौ २५, २०८० स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

तनहुँका ८ स्थानीय तहमा आश्रयस्थलबिनाका हेलिप्याड सोमबार, भदौ २५, २०८० तनहुँका १० स्थानीय तहमध्ये ८ स्थानीय तहमा हेलिप्याड बनाइएको छ ।
आत्महत्या दुरुत्साहन आरोपमा प्रधानाध्यापक र सञ्चालक पक्राउ सोमबार, भदौ २५, २०८० आत्महत्या दुरुत्साहन मुद्दा परेपछि चौरजहारी नगरपालिका–१ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रधानाध्यापक र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

स–परिवार मार्छु भनेर धम्की दिन्छ, त्यस्तालाई सरकार नियन्त्रणमा लिंदैन : ओली सोमबार, भदौ २५, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैंले आतंककारीलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् । तेजाव आक्रमणविरुद्ध जागरण दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले मानिसको नामै लिएर सार्वजनिक रुपमै ज्यानमार्ने धम्की दिंदासमेत सरकारले केही गर्न नसकेको बताए ।

सुनसरीका छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु सोमबार, भदौ २५, २०८० सुनसरीका छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ ।