News Griha :: न्यूजगृह
आज बुबाको मुख हेर्ने दिन, तपाईंको राशिफल कस्तो छ ?
आज बुबाको मुख हेर्ने दिन, तपाईंको राशिफल कस्तो छ ? २०८० भदौ २८ गते बिहीबार । भदौ कृष्ण औंसी । पञ्चाङ्ग साध्य चतुष्पद पूर्व । कुशे औंसी । बुबाको मुख हेर्ने दिन । मोतीराम जन्मजयन्ती । 
उदयपुरमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु
उदयपुरमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा बुधबार साढे १ बजे जिल्लाको बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।
प्रहरीको पोशाक दुरुपयोग भयो, पूर्वस्वीकृति लिएर मात्र प्रयोग गर्नु : महानिरीक्षकको सचिवालय
प्रहरीको पोशाक दुरुपयोग भयो, पूर्वस्वीकृति लिएर मात्र प्रयोग गर्नु : महानिरीक्षकको सचिवालय नेपाल प्रहरीले आफ्नो पोशाक दुरुपयोग भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले बुधबार एक विज्ञप्ति जारी गर्दै चलचित्र, म्युजिक भिडिओ, सामाजिक सञ्जाल, स्टेज कार्यक्रमलगायतमा प्रहरीको पोशाक लगाएर अपशब्द बोलेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
देशमा तस्कर र भ्रष्टमात्रै बाँच्नसक्ने अवस्था सिर्जना भयो : ज्ञानेन्द्र शाही 
देशमा तस्कर र भ्रष्टमात्रै बाँच्नसक्ने अवस्था सिर्जना भयो : ज्ञानेन्द्र शाही  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा तस्कर र भ्रष्टमात्रै बाँच्न सक्ने अवस्था सिर्जना भएको बताएका छन् ।
निधनको अघिल्लो दिन पनि कानुन निर्माणमै व्यस्त थिए सुवास 
निधनको अघिल्लो दिन पनि कानुन निर्माणमै व्यस्त थिए सुवास  प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गठित उपसमितिलाई सहमतिका साथ कानुनी र राजनीतिक सहमति जुटाउने सवालमा सांसद नेम्वाङले एक प्रकारले अगुवाइ गर्दै आएका थिए । 
मृत भेटिएका मेजर पण्डितको शव डोल्पाबाट काठमाडौं ल्याइयो
मृत भेटिएका मेजर पण्डितको शव डोल्पाबाट काठमाडौं ल्याइयो डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपति मेजर विमल पण्डितको शव काठमाडौं ल्याइएको छ । भदौ १० गतेदेखि सम्पर्कविहीन भएका काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका डाँछीका ३८ वर्षीय पण्डितको शव १६ दिनपछि मंगलबार भेरी नदीमा फेला परको थियो ।
सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सीआईबीले बुझायो
सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सीआईबीले बुझायो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ । सीआईबीले रेडी ट्रेडमार्फत तस्करी भएको सुनमा ५० जनालाई प्रतिवादी बनाएको छ र ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड, २ लाख १६ हजार...
जुम्लामा कर्मचारी नहुँदा नागरिकता वितरण ठप्प 
जुम्लामा कर्मचारी नहुँदा नागरिकता वितरण ठप्प  सिञ्जा गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी नहुँदा नागरिकता वितरण कार्य ठप्प भएको छ । कार्यालयमा कर्मचारीको अभाव हुँदा नागरिकता वितरण कार्य बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
सुन तस्करी प्रकरण : सीआईबीले बनायो ५० जनालाई प्रतिवादी
सुन तस्करी प्रकरण : सीआईबीले बनायो ५० जनालाई प्रतिवादी सुन तस्करी घटनाको अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउन लागेको सीआईबीले ५० जनालाई प्रतिवादी बनाएको हो । सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार प्रतिवादीमध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार छन् ।
अल्बानिया पठाइदिन्छु भन्दै दुई लाख बढी रकम ठगी गर्ने महिला पक्राउ
अल्बानिया पठाइदिन्छु भन्दै दुई लाख बढी रकम ठगी गर्ने महिला पक्राउ वैदेशिक रोजगारीका लागि अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापा जिल्ला बिर्तामोड स्थायी घर भई हाल काठमाडौं सिनामंगल बस्ने २५ वर्षीया सुधा चौधरी रहेकी छिन् ।
भोजपुरे खुकुरी बनाएर वार्षिक १० लाख कमाइ
भोजपुरे खुकुरी बनाएर वार्षिक १० लाख कमाइ भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले आम्दानी गर्दै आएका छन् । उनले लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर वार्षिक ८ लाखदेखि १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।
आज भदौ कृष्ण चतुर्दशी तिथि, यस्तो छ तपाईंको राशिफल
आज भदौ कृष्ण चतुर्दशी तिथि, यस्तो छ तपाईंको राशिफल भदौ २७ गने बुधबार । भदौ कृष्ण चतुर्दशी तिथि । पञ्चाङ्ग सिद्ध विष्टि/भद्रा मघा, विश्व सेप्सिस दिवस । तपाईं आफ्नो राशिफल हेर्नुस् ।
Weather Update