News Griha :: न्यूजगृह
मादक पदार्थ सेवन गरी बुबाको हत्या
मादक पदार्थ सेवन गरी बुबाको हत्या मादक पदार्थ सेवन गरेका छोराले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए ।
सडक स्तरोन्नतिले ल्यायो खुसीयाली
सडक स्तरोन्नतिले ल्यायो खुसीयाली चौकुने गाउँपालिका–२ का ६५ वर्षीय मानबहादुर बडुवाल सडक सुधार हुँदा निकै खुसी छन् । हिँड्नै मुस्किल हुने सडकको स्तरोन्नति हुन थालेपछि अब दुःखका दिन सकिने उनको आशा छ । ‘यहाँका नागरिक बिग्रँदो अवस्थाका कारण वर्षात्अगावै घरायसी सामानको जोहो मिलाउँथे । सडक पक्की बनेपछि त्यो अवस्था सकिनेछ’,उनले भने ।
धनुषामा सडकको खाल्डोमा खसेर २ वर्षीय बालकको मृत्यु
धनुषामा सडकको खाल्डोमा खसेर २ वर्षीय बालकको मृत्यु धनुषामा सडकको खाल्डोमा खसेर २ वर्षीय बालकको मृत्यु भएको छ ।
भूमि आयोगले थाल्यो लगत संकलन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आग्रह
भूमि आयोगले थाल्यो लगत संकलन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आग्रह 'स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भर्नु पर्नेछ,' आयोगले आज सार्वजनिक सूचना जारी गर्दै भनेको छ, 'आजदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत निवेदन पेस गर्नुपर्नेछ ।'
शुक्रबार यस्तो छ तपाईंको राशिफल
शुक्रबार यस्तो छ तपाईंको राशिफल भदौ २९ गते शुक्रबार । भदौ कृष्ण औंसी । पञ्चाङ्ग शुभ नाग उत्तर तिथि । राष्ट्रिय बाल दिवस । मेष राशि : साथीभाईसँगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।
एक किलो सुन तस्करीमा कांग्रेसका नेता जोडिए, मन्त्रीसमेत अनुसन्धानमा 
एक किलो सुन तस्करीमा कांग्रेसका नेता जोडिए, मन्त्रीसमेत अनुसन्धानमा  सुन तस्करी प्रकरणमा काभ्रे कै नेपाली कांग्रेसका जिल्ला नेता विकास लामा भन्ने विकास योञ्जन मुछिएका छन् । प्रहरी परिसर काठमाडौंका अनुसार विकास विमानस्थलबाट बरामद सुनको व्यवस्थापक हुन् । 
ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रम फैलाउने एकजना पक्राउ
ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रम फैलाउने एकजना पक्राउ पक्राउ पर्नेमा स्याङ्जाको आँधीखोला गाउँपालिका- ५ ठूलीबराहका ३५ वर्षीय सुर्यबहादुर रेग्मी छन् । रेग्मीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा श्रेष्ठका विषयमा गलत सूचना सम्प्रेषण गरेका थिए ।
नेम्वाङको निधनले शोकमा गृहजिल्ला
नेम्वाङको निधनले शोकमा गृहजिल्ला संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनबाट गृहजिल्ला इलाम शोकमा डुबेको छ ।  नेकपा एमालेका उपाध्यक्ष एवम् एमाले संसदीय दलका उपनेता नेम्वाङ प्रतिनिधि सभामा इलामबाट पाँच पटकसम्म सांसदका रुपमा निर्वाचित भएका थिए । वि.सं. २०४८ र २०५२ मा राष्ट्रिय सभाको अध्यक्ष भएका उनी २०५६ सालको निर्वाचनपछि कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री...
हेटौंडामा डाक्टर कुट्ने ४ पक्राउ
हेटौंडामा डाक्टर कुट्ने ४ पक्राउ हेटौंडा उपमहानगरपालिका—२ स्थित सन्चो अस्पतालका २ डाक्टरमाथि कुटपिट भएको घटनामा ४ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगर—१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट गर्ने ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
बैतडीमा अज्ञात समूहद्वारा विद्यालयमा आगजनी
बैतडीमा अज्ञात समूहद्वारा विद्यालयमा आगजनी अज्ञात समूहद्वारा एक विद्यालयमा आगजनी गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो ।
दाङमा सर्पले डसेर दुई महिनामा ६ जनाको मृत्यु
दाङमा सर्पले डसेर दुई महिनामा ६ जनाको मृत्यु दाङमा दुई महिनामा सर्पको डसाइबाट ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए ।
सुन तस्करी प्रकरणको अनुसन्धान रोकिँदैन : सीआईबी
सुन तस्करी प्रकरणको अनुसन्धान रोकिँदैन : सीआईबी बुधबार सीआईबीले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयका अनुसार एक दुई दिनमै मुद्दा अदालत जाँदै छ तर सात कम्पनीबाट ३६२ किलो सुन तस्करी भएको तथ्य पत्ता लगाए पनि अहिलेसम्म जम्मा ६० किलो ७१६ ग्राम मात्रै सुन बरामद भएको छ ।
Weather Update