News Griha :: न्यूजगृह
धनुषामा सडकको खाल्डोमा खसेर २ वर्षीय बालकको मृत्यु

काठमाडौं— धनुषामा सडकको खाल्डोमा खसेर २ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनपुरधाम उपमहानगरपालिका—२५ केउटानीमा सडकको खाल्डोमा खसेर २ वर्षीय रोहन मुखियाको मृत्यु भएको हो ।

उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा चिकित्सकले बालकको मृत्यु भएको घोषणा गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १०:१५
Weather Update