हेटौंडामा डाक्टर कुट्ने ४ पक्राउ
मकवानपुर— हेटौंडा उपमहानगरपालिका—२ स्थित सन्चो अस्पतालका २ डाक्टरमाथि कुटपिट भएको घटनामा ४ जना पक्राउ परेका छन् ।
हेटौंडा उपमहानगर—१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट गर्ने ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई पक्राउ गरेको ह ।
बुधबार सन्चो अस्पतालमा उनीहरूसहित केही व्यक्तिहरूले २ जना चिकित्सकमाथि कुटपिट गरेका थिए ।सञ्चो अस्पतालका डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि कुटपिट भएको हो ।
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८० १४:३०