News Griha :: न्यूजगृह
स–परिवार मार्छु भनेर धम्की दिन्छ, त्यस्तालाई सरकार नियन्त्रणमा लिंदैन : ओली

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैंले आतंककारीलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् ।

तेजाव आक्रमणविरुद्ध जागरण दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले मानिसको नामै लिएर सार्वजनिक रुपमै ज्यानमार्ने धम्की दिंदासमेत सरकारले केही गर्न नसकेको बताए ।

उनले भने,‘आतंककारीलाई सरकार आफैंले प्रोत्साहित गरिरहेको छ । स–परिवार मार्छु भनेर धम्की दिन्छ । त्यस्तालाई नियन्त्रणमा लिंदैन । अस्ति खुकुरी हान्छु भन्ने मान्छेले ४ दिन अगाडि नै खुकुरी हान्छु भनेर माइतीघरमा खुट्टा उचालेको थियो । मानिसको नाम लिएको थियो । सरकार कानमा तेल हालेर बसेको थियो ।’

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १५:०८
Weather Update