News Griha :: न्यूजगृह
सुनसरीका छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु

सुनसरी— सुनसरीका छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ ।

आइतबार राति ८ बजे रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर अचेत भएका थिए ।

उनको उपचारको लागि  जिल्ला अस्पताल इनरूवा लैजाना साथ डाक्टरले मृत घोषित गरेका थिए ।

यसैगरी इटहरी उपमहानगरपालिका–४ मनकामना चोकमा रहेको ज्येष्ठ नागरिकको मन्दिरमा पूजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम–७ का ५५ वर्षीय केशव नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १४:१२
Weather Update