News Griha :: न्यूजगृह
आत्महत्या दुरुत्साहन आरोपमा प्रधानाध्यापक र सञ्चालक पक्राउ

रुकुम पश्चिम— आत्महत्या दुरुत्साहन मुद्दा परेपछि चौरजहारी नगरपालिका–१ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रधानाध्यापक र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले प्रधानाध्यापक पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार पक्राउ गरेको हो । सोही विद्यालयको कक्षा ८ मा अध्यनरत १३ वर्षीया सृष्टि गौतमको आत्महत्या दुरुत्साहन मुद्दामा उनीहरुलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए ।

शुक्रबार १३ वर्षीया छात्रा गौतमलाई विद्यालयमा प्रधानाध्यापक भाट र सञ्चालक भण्डारीको संलग्नतामा निर्धात कुटपिट भएपछि घर आएकी छात्राले विद्यालयको पोसाकमै झुण्डिएर आत्महत्या गरेको घरपविारको भनाइ छ ।

पढाइलेखाइ भन्दा पनि घरायसी साथसङ्गतका कारण विद्यालयमा बालिकामाथि प्रधानाध्यापकले निरन्तर यातना र तनाव दिएपछि ज्यान गुमाउन बाध्य पारिएको छात्राका परिवारले आरोप लगाएका छन् । 

यस विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । मृतक छात्रा सोही नगरपालिका वडा नं १ लामिछाने गाउँकी हुन् ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १५:२२
Weather Update