News Griha :: न्यूजगृह
तीजलाई क्रान्तिको रूपमा मनाउनुपर्छ : उपसभामुख राना

काठमाडौं— उपसभामुख इन्दिरा राना मगरले तीज पर्वलाई क्रान्ति दिवसको रुपमा मनाउनुपर्ने बताएकी छिन् ।

सोमबार काठमाडौंमा आयोजित नारी सम्मान दोस्रो म्युजिक खबर तीज म्युजिक अवार्ड एवम् दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । तीज पर्वले हिन्दु नारीलाई स्वतन्त्रता दिएको उनले बताइन् ।

उनले भनिन्,‘तीज पर्वमा क्रान्तिको शब्दलाई जोड्न चाहान्छु । यो पर्वले हिन्दु नारीलाई स्वतन्त्रता दिएको छ । आनन्दले नाच्ने, मिठो खाने र वर्षभरी बन्धक भएकाले एकदिन माइत गएर स्वतन्त्ररुपमा श्वासफेर्ने सहुलियत दिएकाे छ । यो सहुलियतलाई आज क्रान्तिको दिवसको रुपमा मनाउनुपर्छ ।’

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १७:२६
Weather Update