स्रोत नखुलेको २६ लाखसहित विमानस्थलमै पक्राउ परे कर अधिकृत

काठमाडौं—नेपालगन्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका छन् ।
नेपालगन्जबाट श्री एअरलाइन्सको जहाजमार्फत काठमाडौं आउन लागेका उनलाई सोमबार बिहान साढे ७ बजे विमानस्थलबाट पक्राउ गरिएको बाँकेका एसपी सन्तोषसिंह राठौरले न्यूजगृहलाई जानकारी दिए ।
एसपी राठौरका अनुसार विमानस्थलमा चेकजाँचको क्रममा उनको साथबाट स्रोत नखुलेको २६ लाख रुपैयाँ बरामद गरिएको हो ।
उनलाई थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जमा बुझाइएको राठौरले जनाए ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० १०:५५