News Griha :: न्यूजगृह
आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल  देशभर  सामान्य  बदली  रही कोशी,  मधेस,  बाग्मती,  लुम्बिनी  र  कर्णाली  प्रदेशका  थोरै  स्थानहरूमा  हल्कादेखि  मध्यम  वर्षा  भइरहेको जनाएको छ ।

शनिबार दिउँसो  देशभर  आंशिकदेखि  सामान्य  बदली  रही बाग्मती,  गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघगर्जन, चट्याङसहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै  लुम्बिनी र सुदूरपश्चिम प्रदेशको  एक/दुई  स्थानमा  भारी  वर्षाको  समेत सम्भावना  रहेको  छ ।

मधेस  प्रदेश  लगायत  बाग्मती,  गण्डकी  र  लुम्बिनी  प्रदेशका  तराई  भू–भागका  थोरै  स्थानहरुमा  हावाहुरीको  पनि सम्भावना  रहेको महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै राति बाग्मती, गण्डकी  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरूमा  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा मेघगर्जन, चट्याङसहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ ।  मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको  एक/दुई  स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०६:३१
Weather Update