
वृष
आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ ।
मिथुन
आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ ।
कर्कट
स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । रोकिएका कामहरु सुचारु हुनेछन् ।
सिंह
श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइलेखाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ ।
कन्या
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार व्यवसायमा फाइदा हुनेछ ।
तुला
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।
वृश्चिक
साथीभाईको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । व्यावसायिक काममा खर्च बढ्नेछ । हिम्मतले काम लिन सकिनेछ ।
धनु
पढाईलेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् ।
मकर
काममा विभिन्न अवसर पाइनेछ । समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडि बढ्न मद्दत पुग्नेछ । अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् ।
कुम्भ
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।
मीन
व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाईसँग रमाइलोमा समय बित्नेछ ।