सडक कालोपत्रेपछि डेढ घण्टाको यात्रा अब आधा घण्टामै

म्याग्दी— मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलादेखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रे भएपछि यात्रा अवधि छोटिएको छ ।
उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको हो ।
योजना प्रमुख जगत प्रजापतिले सडक कालोपत्रे भएपछि एक घण्टा ३० मिनेटको यात्रा अवधि आधा घण्टामा छोटिएको जानकारी दिए ।
‘कैकुखोला–खन्ती सडक कालोपत्रे भएपछि एक घण्टा यात्रा अवधि छोटिएको छ’,उनले भने,‘मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई सहज भएको छ ।’
११ मिटर फराकिलो बनाइएको उक्त सडकमा नाली, पर्खाल निर्माण र ग्राभेलपछि सातदेखि आठ मिटरको चौडाइका दरले कालोपत्रे गरिएको छ । उकालो सडकमा ढलान गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० ०७:४२