आज चार प्रदेशमा वर्षाको सम्भावनामंगलबार, असोज ९, २०८०

मंगलबार तपाईंको राशिफल हेर्नुस् मंगलबार, असोज ९, २०८० असोज ९ गते मंगलबार । भदौ शुक्ल द्वादशी तिथि । पञ्चाङ्ग सुकर्मा बव श्रवण । वामन द्वादशी व्रत । अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस ।

दसगजा क्षेत्रमा सशस्त्र प्रहरीका पूर्वजवानको हत्या सोमबार, असोज ८, २०८० आइतबार मध्यराति हत्या गरिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । उनका अनुसार ६ महिनाअघि जागिरबाट राजीनामा दिएर घर बसेका पचरौता नगरपालिका— १ का ३४ वर्षीय जवान अमरेश सिंहको हत्या भएको हो ।

प्रेमिकाको हत्या गरि फरार भएका प्रेमी ६ वर्षपछि पक्राउ, गर्भवती थिइन प्रेमिका सोमबार, असोज ८, २०८० प्रेमिकाको हत्या गरेको आरोपमा धादिङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका ३५ वर्षीय अरुणकुमार मिझार छन् । मोरङको विराटनगर महानगरपालिका–५ की ३२ वर्षीय ललिताकुमारी रामको हत्या गरी फरार रहेका मिझारलाई ६ वर्षपछि असोज ५ गते सप्तरीको वोदेबर्साइन नगरपालिका–८ काचनबाट पक्राउ गरिएको धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम...

पोल्याण्ड पठाइदिने भन्दै ठग्ने मेनपावर सञ्चालक पक्राउ सोमबार, असोज ८, २०८० पक्राउ पर्नेमा राप्ती प्लेसमेन्ट मेनपावरका सञ्चालक चितवन भरतपुर ६ घर भई बसुन्धरा बस्ने वर्ष ४२ का रविन्द्र अधिकारी छन् । पोल्याण्ड पठाइदिने भन्दै उनले चार जनासँग १२ लाख रुपैयाँ लिइ ठगी गरेको आरोप छ । प्रहरीका अनुसार उनले प्रेम तामाङ समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १२...

मर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ सोमबार, असोज ८, २०८० उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाविपरीत काम गर्ने जोकोहीलाई पनि कानुनी दायरमा ल्याउने बताएका छन् ।

अब गैरआवासीय नेपालीलाई पनि नागरिकता, राजनीतिक अधिकार नहुने सोमबार, असोज ८, २०८० नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० नेपाल राजपत्रमा प्रकाशित भएपछि गैरआवासीय नेपालीलाई पनि नागरिकताको प्रमाणपत्र वितरण गरिने भएको छ ।

सल्यानमा जीप दुर्घटना, दुई जनाको मृत्यु सोमबार, असोज ८, २०८० सल्यानमा तरकारी बोकेको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते छन् । रोल्पाबाट दाङ तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।

कहाँ–कहाँ छ वर्षाको सम्भावना ? सोमबार, असोज ८, २०८० हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

आज एकादशी व्रत, आफ्नो राशिफल हेर्नुस् सोमबार, असोज ८, २०८० असोज ८ गते सोमबार । भदौ शुक्ल दशमी तिथि । पञ्चाङ्ग अतिगंड गर उत्तरषाढा । हरिपरिवर्तिनी एकादशी व्रत । राशिफल हेर्नुस् ।

पेस्तोलसहित धरानबाट एक जना पक्राउ आइतबार, असोज ७, २०८० पक्राउ पर्नेमा धरान उपमहानगरपालिका– १४ विजयपुर बस्ने ३९ वर्षीय अमनध्वज कार्की छन् । प्रहरीले उनको साथबाट १ थान एयर गन पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
सुन तस्करी प्रकरणमा नेताहरूमाथि गहिरो अनुसन्धान भएन : रवि लामिछाने आइतबार, असोज ७, २०८० सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणको अनुसन्धान भद्दा मजाकजस्तो देखिएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधि सभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेताहरुमाथि गहिरो अनुसन्धान नभएको भन्दै अनुसन्धान हेर्दा भद्दा मजाकजस्तो देखिएको बताएका हुन् ।

सुन प्रकरणको गहिर्याइमा पुग्न प्रहरीलाई बारम्बार निर्देशन दिइएको छ : गृहमन्त्री श्रेष्ठ आइतबार, असोज ७, २०८० उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणका सम्बन्धमा प्रहरी अनुसन्धान ब्युरोलाई सम्पूर्ण स्वतन्त्रतासहित आफ्नो सम्पूर्ण कार्यक्षमता प्रदर्शन गर्न र गहिर्याइमा पुग्न बारम्बार निर्देशन दिइएको बताएका छन् ।प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले अनुसन्धान गर्ने क्रममा तथ्य र प्रमाणले जहाँसम्म देखाउँछ त्यहाँसम्म पुगेर अनुसन्धान गर्न जोड दिइएको...