News Griha :: न्यूजगृह
आज अनन्त चतुर्दशी व्रत, तपाईंको राशिफल हेर्नुस्
आज अनन्त चतुर्दशी व्रत, तपाईंको राशिफल हेर्नुस् असोज ११ गते बिहीबार । भदौ शुक्ल चतुर्दशी तिथि । पञ्चाङ्ग गण्ड गर पूर्वभाद्र । आज इन्द्रजात्रा । काठमाडौं उपत्यका बिदामा बिदा । अनन्त चतुर्दशी व्रत । विश्व रेबिजविरुद्ध दिवस । अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस । तपाईंको राशिफल हेर्नुहोस् ।
‘चिकित्सक कुट्ने’ प्रहरी निलम्बित
‘चिकित्सक कुट्ने’ प्रहरी निलम्बित पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरलाई ‘साफ चुटेर आएँ’ भन्दै आक्रोशित भीडमा अभिव्यक्ति दिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् । श्रेष्ठलाई निलम्बन गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख वुद्धिराज गुरुङले जानकारी दिए । श्रेष्ठले चिकित्सकलाई कुटेको भन्दै सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै आएका थिए ।
वन फँडानी आरोपमा वडा अध्यक्षसहित चार पक्राउ
वन फँडानी आरोपमा वडा अध्यक्षसहित चार पक्राउ वन फँडानी आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन् । सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडा अध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो ।
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ? हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ।
असोज १० गते बुधबार तपाईंको राशिफल
असोज १० गते बुधबार तपाईंको राशिफल असोज १० गते बुधबार । भदौ शुक्ल त्रयोदशी तिथि । पञ्चाङ्ग धृति कौलव धनिष्ठा ।प्रदोष व्रत । आज विश्व पर्यटन दिवस । राशिफल हेर्नुहोस् ।
बारामा गोली हानी एक जनाको हत्या
बारामा गोली हानी एक जनाको हत्या दसगजा भन्दा करिब ७०० मिटर नेपालतर्फ बाराको पचरौता नगरपालिका- ६ लक्ष्मिनियामा भारत मोतिहारी दर्पा थाना १, सुक्लहिया गाँउ बस्ने २२ वर्षीय अजितकुमार सिंहको गोली प्रहार गरी हत्या भएको हो ।
बहाना सुन किन्‍ने, उद्देश्य चोरी
बहाना सुन किन्‍ने, उद्देश्य चोरी सुन किन्‍ने बहानामा विभिन्न सुन पसलमा गरगहना चोरी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-९ का ३३ वर्षीया रत्न महर्जन, तारकेश्वर-४ का २२ वर्षीय सुमन पुतुवार, नुवाकोटका ३६ वर्षीय बिरेन्द्र बिक र भारतीय नागरिक ३७ वर्षीय हनुमन्त फाँडे छन् ।
पत्रकारमाथि आक्रमण गर्ने पक्राउ
पत्रकारमाथि आक्रमण गर्ने पक्राउ रातोपाटी डटकमका पत्रकार कृष्णसिंह धामीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनमा आबद्ध प्रेम सिजापति छन् ।
अधिकांश मासु पसल मापदण्डविपरीत
अधिकांश मासु पसल मापदण्डविपरीत अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ ।भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा आजदेखि सुरु भएको अनुगमनका क्रममा जनकपुरधामस्थित रेल्वे स्टेशन क्षेत्रमा रहेका मासु पसलको अवस्थाबारे जानकारी लिइएको थियो ।
अस्पताल छोडेर सडकमा आएका डाक्टर के भन्छन् ?
अस्पताल छोडेर सडकमा आएका डाक्टर के भन्छन् ? पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट विरोधमा चिकित्सकले काठमाडौंमा प्रदर्शन गरेका छन् ।मंगलबार माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका चिकित्सकले आक्रमणकारीलाई कडा कारबाही गर्नुपर्ने र आफूहरूको भौतिक सुरक्षाको माग गरेका छन् । आन्दोलनमा सहभागी डाक्टर आनन्द सिंहले कानु्नअनुसार सहकर्मीमाथि हातपात गर्नेलाई कारबाही हुनुपर्ने आफूहरुको माग रहेको बताए ।
बाजुरामा सुत्केरीको ज्यान जाेखिममा
बाजुरामा सुत्केरीको ज्यान जाेखिममा उक्त गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको ज्यान जोखिममा पुगेको स्वास्थ्य शाखाका संयोजक राजबहादुर भण्डारीले जानकारी दिए ।उनका अनुसार रोकायाले मंगबार बिहान बच्चा जन्माए पनि रगत बग्न नरोकिएको र सालनाल नझरेपछि उनको ज्यान जोखिममा परेको हो ।
लुम्बिनी सरकारले दियो राउटे समुदायलाई दसैँ खर्च
लुम्बिनी सरकारले दियो राउटे समुदायलाई दसैँ खर्च दसैँ खर्च माग गर्दै मंगलबार अर्थ मन्त्रालय पुगेका राउटे समुदायका प्रतिनिधिलाई प्रदेश सरकारले २५ हजार रुपैयाँ उपलब्ध गराएको हो । उक्त रकम सरकारको तर्फबाट अर्थमन्त्री धनबहादुर मास्कीले हस्तान्तरण गरेका हुन् ।
Weather Update