News Griha :: न्यूजगृह
तनहुँकाे भानुमति साना किसान कृषि सहकारीका प्रबन्धक पक्राउ
तनहुँकाे भानुमति साना किसान कृषि सहकारीका प्रबन्धक पक्राउ भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । सोही वडा निवासी ५२ वर्षीय प्रबन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो । 
संरक्षणको पर्खाइमा दुई सय वर्ष पुरानो सत्तल
संरक्षणको पर्खाइमा दुई सय वर्ष पुरानो सत्तल रामेछापको सदरमुकाम मन्थली नजिकै रहेको एउटा प्राचीन सम्पदा संरक्षणको अभावले नासिने अवस्थामा पुगेको छ । मन्थली बजारको पारिपट्टी मन्थली नगरपालिका–८ चिसापानीको गाईखुरमा रहेको प्राचीन सत्तल, सत्तलसँगै रहेका प्राचीन शिलालेख र तामाकोसी नदी किनारमा रहेको गाईखुर संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका छन् । 
रुकुमपश्चिममा आयोडिन नुन प्रयोग गर्ने बढे 
रुकुमपश्चिममा आयोडिन नुन प्रयोग गर्ने बढे  रुकुमपश्चिमा पछिल्लो समय आयोडिनयुक्त नुन प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । जिल्लाका छवटै स्थानीय तहमा आयोडिन नुनका प्रयोगकर्ताको संख्या बढ्दै गएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय रुकुम पश्चिमले जनाएको छ । 
आजको मौसम : भारी वर्षाको सम्भावना छ? 
आजको मौसम : भारी वर्षाको सम्भावना छ?  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
४ केजी सुन तस्करी प्रकरणमा थप दुईजना पक्राउ
४ केजी सुन तस्करी प्रकरणमा थप दुईजना पक्राउ जिल्ला प्रहरी कार्यालय दोलखाले चार केजी सुन प्रकरणमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार चरिकोटस्थित शुभकामना होटलबाट विगु गाउँपालिका-१ का ५५ वर्षीय नुर्बु शेर्पा र ३० वर्षीया सुनमला तामाङलाई ३० हजार नगद सहित पक्राउ गरेको हो ।
इजरायलमा कामदार पठाउने तयारी, न्यूनतम तलब १५ सय डलर
इजरायलमा कामदार पठाउने तयारी, न्यूनतम तलब १५ सय डलर नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ । इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले सहायक कामदार पठाउन तयारी थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए ।
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली  
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली   सेनानी डम्मरबहादुर पुनको नेतृत्वमा संयुक्त राष्ट्र संघको चार्टर्ड विमानद्वारा प्रस्थान गरेको उक्त टोली तारादल गणको अन्तिम टोली हो । गणपति, प्रमुख सेनानी अनिल केसीको कमान्डमा रहेको सो गणका ६०९ जना शान्ति सैनिक यसअघि नै मिसन इलाका पुगिसकेका छन् । 
सडकबाटै डाक्टरको प्रश्न— यो राज्यलाई हामी चाहिन्छ कि चाहिँदैन?
सडकबाटै डाक्टरको प्रश्न— यो राज्यलाई हामी चाहिन्छ कि चाहिँदैन? सरकारले गरेको दुई बुँदे निर्णयप्रति असहमति जनाउँदै डाक्टरहरूले विरोधका कार्यक्रमलाई निरन्तरता दिएका छन् । सेतो कोट लगाएर आज पनि सडकमा उत्रिएका उनीहरूले आक्रमणकारीलाई कडा कारबाही गर्नु पर्ने र आफूहरूको भौतिक सुरक्षा हुनु पर्ने माग गरेका छन् ।  राज्यलाई डाक्टर चाहिन्छ कि चाहिँदैन ? उनीहरूको प्रश्न छ । 
काठमाडौंका यी सडकमा सवारी आवागमन निषेध
काठमाडौंका यी सडकमा सवारी आवागमन निषेध येँयाः (इन्द्रजात्रा) को अवधिमा आजदेखि काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । 
अछाममा गर्भवतीको हिलोकोप्टरमार्फत उद्धार
अछाममा गर्भवतीको हिलोकोप्टरमार्फत उद्धार अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
सर्लाहीमा चिताबाटै शव नियन्त्रणमा
सर्लाहीमा चिताबाटै शव नियन्त्रणमा जलाउन लागिएको अवस्थामा एक युवतीको शव नेपाल प्रहरीले चिताबाटै नियन्त्रणमा लिएको छ ।सर्लाहीको रामनगर गाउँपालिका—१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएको हो ।
नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता
नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता पवित्र तीर्थस्थल देवघाटमा आएका दुई युवक आज बिहान करिब ७ बजेतिर नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मिनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षे भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने वर्ष १७ को पंकज दाहाल रहेको प्रहरीले जनाएको छ...
Weather Update