चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्तामंगलबार, वैशाख ११, २०८१
सन २०२३ मा जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित मंगलबार, वैशाख ११, २०८१ सन २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप प्रभावित क्षेत्र भएको संयुक्त राष्ट्रसंघले बताएको छ। एसियामा बाढी र आँधी मानवीय र आर्थिक क्षतिको प्रमुख कारण भएको बताइएको छ।
एलोन मस्कसँग किन रिसाए अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीज? मंगलबार, वैशाख ११, २०८१ अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अर्बपति व्यापारी एलोन मस्कलाई ‘अहंकारी’ व्यक्ति भन्दै कटाक्ष गरेका छन्।
भारतमा डीडी न्यूजको लोगोको रङ्ग परिवर्तन, भाजपाको झन्डासँग मिल्दोजुल्दो भएपछि विपक्षीको विरोध मंगलबार, वैशाख ११, २०८१ भारतीय सरकारी स्वामित्वमा रहेको प्रसार भारतीले न्यूज च्यानल दूरदर्शन (डीडी) न्यूजको लोगोको रङ्ग रातोबाट बदलेर ‘सुन्तला रङ’ बनाएको छ। यसलाई हिन्दीमा ‘भागवा’ भनिन्छ भने अङ्ग्रेजीमा ‘स्याफ्रन’ भनिएको छ। यो रङ भारतीय जनता पार्टी (भाजपा)को झन्डामा पनि प्रयोग भएकाले विपक्षीले भने विरोध गरेका छन्।
हमासको आक्रमण असफल बनाउन नसकेको भन्दै इजरायली सेनाको गुप्तचर विभाग प्रमुखले दिए राजीनामा सोमबार, वैशाख १०, २०८१ इजरायली सेनाको गुप्तचर विभागका प्रमुख मेजर जनरल अहारोन हलिभाले राजीनामा दिएका छन्। ७ अक्टोबरमा हमासको हमलालाई असफल बनाउन नसकेको जिम्मेवारी लिएर उनले आफ्नो पदबाट राजीनामा दिएका हुन्।आक्रमण असफल बनाउन नसकेको जिम्मेवारी लिएर पदबाट राजीनामा दिने उनी पहिलो वरिष्ठ अधिकारी हुन्। सेनाले हरोन हलिवाको राजीनामा स्वीकृत गरेको छ।
निर्वाचनको पहिलो दिन हिंसा भएपछि उत्तरपूर्वी भारतका केही मतदाता मतदानमा फर्किए सोमबार, वैशाख १०, २०८१ गत साता हिंसाका कारण मतदानमा अवरोध पुगेपछि उत्तरपूर्वी भारतीय राज्यमा केही मतदान स्थलमा मतदाताहरू सोमबार कडा सुरक्षाका बीच मतदानमा फर्केका छन्।
माल्दिभ्स आमनिर्वाचनः राष्ट्रपति मुइज्जुको दललाई बहुमत सोमबार, वैशाख १०, २०८१ माल्दिभ्समा भएको संंसदीय निर्वाचनमा राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टीले ठूलो सफलता हासिल गरेको छ। आइतबार भएको निर्वाचनमा उनको पार्टीले संसदको ९३ सिटमध्ये ६६ सिट जित्दै बहुमत हासिल गरेको छ।
सर्वोच्चले दियो रामदेवलाई झट्का, अब योग शिविर चलाएको सेवा कर तिर्नु पर्ने सोमबार, वैशाख १०, २०८१ योग गुरु रामदेवका लागि पछिल्लो समय कुनै शुभ समाचार आएको छैन। अब रामदेवका योग शिविरहरू पनि सेवा करको दायरामा परेका छन्। सर्वोच्च अदालतको फैसलापछि अब स्वामी रामदेव र पतञ्जलि योगपीठ ट्रष्टले योग शिविर आयोजना गर्दा ‘सेवाकर’ तिर्नुपर्ने भएको छ। सर्वोच्च अदालतमा १९ अप्रिलमा सुनुवाइका क्रममा न्यायाधीश अभय एम ओक र...
अमेरिकाले लगायो इजरायली सैनिक माथि प्रतिबन्ध, नेतान्याहुले भने, ‘बेतुक कदम’ सोमबार, वैशाख १०, २०८१ यो प्रतिबन्ध वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विरुद्ध मानवअधिकार उल्लङ्घनको आरोपमा लगाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। बाइडेन प्रशासनले यस बटालियनलाई कालोसूचीमा राख्ने निर्णय गर्न सक्ने पनि उनीहरूले उल्लेख गरेका छन्। यदि यसो भयो भने नेत्जाह येहुदा सिपाहीहरूले अमेरिकी सैनिकहरूसँग तालिम लिन सक्षम हुने छैनन्। अमेरिकी कोष पनि बन्द हुनेछ। अमेरिकी हतियारमाथि पनि...
इरानमा इजरायल आक्रमणको स्याटलाइट तस्बिर सार्वजनिक, एअर बेसमा नोक्सान भएको दाबी आइतबार, वैशाख ९, २०८१ गत हप्ता, इरानले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासमा इजरायलले गरेको आक्रमणमा धेरै शीर्ष इरानी कमान्डरहरूको मृत्युको जवाफमा इजरायलमा तीन सयभन्दा बढी मिसाइल र ड्रोनहरू प्रहार गरेको थियो। यद्यपि, तीमध्ये धेरैजसो आकाशमा नै नष्ट भएका थिए। इजरायलले इरानको असफल आक्रमणमा आफूलाई कुनै क्षति नभएको दाबी गरेको छ।
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु आइतबार, वैशाख ९, २०८१ अमेरिकी शहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन्। घटनास्थलमा दुई जना मृत फेला परेको र घाइते छमध्ये एक जनाको अवस्था क्षेत्रीय अस्पतालमा ‘चिन्ताजनक’ रहेको मेम्फिस प्रहरी विभागले सामाजिक सञ्जाज एक्समा उल्लेख गरेको छ।
भारत निर्वाचनः तनावग्रस्त मणिपुरका ११ स्थानमा सोमबार मतदान आइतबार, वैशाख ९, २०८१ भारतको उत्तरपूर्वी राज्य मणिपुरका केहीस्थानमा स्थगित भएको मतदान भोलि (सोमबार) गराउने त्यहाँको निर्वाचन आयोगले जनाएको छ।१९ अप्रिलमा भएको पहिलो चरणको मतदानमा मणिपुरका ११ मतदान केन्द्रहरू स्थगित गरिएका थिए।
जापानी सैन्य हेलिकप्टर दुर्घटनामा एकको मृत्यु, सात बेपत्ता आइतबार, वैशाख ९, २०८१ जापानमा दुई सैन्य हेलिकप्टर एकआपसमा ठोक्किएर समुद्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु र सात जना घाइते भएका छन्। जापानको आत्मरक्षा बल (सेल्फ डिफेन्स फोर्स, एसडीएफ) का प्रवक्ताले शनिबार रातिको घटनाको पुष्टि गर्दै एक जनाको उद्धार गरिए पनि पछि उनको मृत्यु भएको बताए।