News Griha :: न्यूजगृह
निक जोनसलाई इन्फ्लुएन्जा ए को संक्रमण, कन्सर्ट सारियो

काठमाडौं— ग्लोबल आइकन प्रियङ्का चोपडाका गायक पति निक जोनस यतिबेला चर्चामा छन्। निक आफ्नो म्युजिकल कन्सर्टका कारण चर्चामा आउँछन्। तर उनले स्वास्थ्य समस्याका कारण केही कन्सर्ट सारेका छन्।

यी अमेरिकी गायकले आफ्ना फ्यानसमक्ष भिडिओ सन्देशमार्फत माफी मागेका छन्। उनले आफूलाई इन्फ्लुएन्जा ए को संक्रमण भएको खुलाएका छन्।

Prabhu Bank

उनले आफ्नो इन्स्टाग्राममा एक भिडिओ राखेका छन्। जहाँ उनले फ्यानलाई कन्सर्ट सार्नु पर्दा माफी मागेका छन्। भिडिओमा जोनस ब्रदर्सको कन्सर्ट टुर सार्नुपर्ने कारण पनि खुलाएका छन्। उनले आफूलाई इन्फ्लुएन्जा ए भाइरसले समातेको बताएका छन्।

‘म निक हुँ। मसँग तपाईँहरूलाई सुनाउनुपर्ने एउटा खबर छ, जुन खबर राम्रो छैन। तर बताउन आवश्यक छ। केही दिन अघि मलाई केही अनौठो अनुभव भयो। जब म बिउँझिएँ, मेरो स्वर निस्किएन। त्यो रात म कन्सर्टको लागि अभ्यास गरिरहेको थिएँ। पछिल्लो दुई दिन यता मेरो अवस्था विस्तारै विस्तारै खराब हुँदै गएको छ। म हिजो दिनभरी ओछ्यानै रहें। ज्वरो, शरीरमा दुखाई, गलामा खराबी र धेरै खोकी छ,’ भिडिओ सन्देशमा निकले भनेका छन्।

निकले अगाडि भनेका छन्, ‘मलाई ठीक हुन आवश्यक छ। मलाई तपाईँहरूलाई निराश बनाउँदा दुःख लागेको छ। तपाईं हामीलाई साथ दिनका लागि धेरै गर्नुहुन्छ। तपाईँहरूमध्ये धेरै शो मा सहभागी हुन यात्रा गरिसक्नुभएको होला। म यो कुराबाट दुःखी छु। म चाँडै ठीक हुने कोसिस गर्दैछु।’

उनले आफूलाई इन्फ्लूएन्जा–ए भाइरसले भेटेको उल्लेख गरेका छन्। ‘हेल्लो साथीहरु, मलाई एन्फ्लूएन्जा–ए को स्ट्रेन भएको छ। जुन चारैतिर फैलिएको छ। म यो समय कुनै पनि कन्सर्टमा गाउन सक्दिनँ। मैले यसका लागि मेक्सिकोको कन्सर्ट मिति सारेको छु। अब यो शो अगस्टमा हुनेछ,’ भिडिओको क्याप्सनमा निकले लेखेका छन्।

मेक्सिकोको कन्सर्ट पछि जोनस ब्रदर्सको आगामी शो आयरल्याण्डमा हुनेछ। त्यसपछि सेप्टेम्बरमा यूके, अष्ट्रिया, जर्मनी, स्पेन, इटली र स्विट्जरल्याण्डमा निक आफ्ना भाइ केविन र जोका साथ प्रस्तुति दिनेछन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १०:४४
Weather Update