News Griha :: न्यूजगृह
यूएईले विश्वकै सबैभन्दा ठूलो विमानस्थल बनाउँदै, कति हुनेछ वार्षिक यात्रु क्षमता? 
यूएईले विश्वकै सबैभन्दा ठूलो विमानस्थल बनाउँदै, कति हुनेछ वार्षिक यात्रु क्षमता?  युनाइटेड अरब इमिरेट्स (यूएई) ले अब विश्वकै ठूलो विमानस्थल निर्माण गर्न लागेको छ। विश्वकै ठूलो र भव्य बनाउन लागिएको विमानस्थलको नाम ‘अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थल’ दिइएको छ। आइतबार दुबईका शासक शेख मोहम्मद बिन रसिद अल–मकतुमले करिब ३५ अर्ब डलरको लागतमा बन्ने उक्त टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने बताए ।
चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि एलन मस्क बेइजिङबाट प्रस्थान
चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि एलन मस्क बेइजिङबाट प्रस्थान आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्यांक सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवं टेस्लाका प्रमुख कार्यकारी (सीर्ईओ) एलन मस्क सोमबार बेइजिङबाट प्रस्थान गरेका छन्। 
नाभाल्नीको मृत्युमा पुटिनको संलग्नता देखिएनः अमेरिकी गुप्तचर
नाभाल्नीको मृत्युमा पुटिनको संलग्नता देखिएनः अमेरिकी गुप्तचर संयुक्त राज्य अमेरिकाका गुप्तचर अधिकारीहरूले एलेक्सी नाभाल्नीको मृत्युमा भ्लादिमिर पुटिनको हात नरहेको जनाएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार रूसी राष्ट्रपति पुटिनले जेलमा रहेका विपक्षी नेता एलेक्सी नाभाल्नीको गत फेब्रुअरीमा आर्कटिक जेल शिविरमा  मृत्यु भए पनि उनलाई मार्ने योजना पुटिनले नबनाएको उल्लेख गरिएको छ।
चीनमा भीषण आँधी, ५ को मृत्यु, १४१ कलकारखानामा क्षति
चीनमा भीषण आँधी, ५ को मृत्यु, १४१ कलकारखानामा क्षति चीनको दक्षिणी शहर ग्वाङझाउमा सप्ताहन्तमा आएको आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ। सो आँधीबेहरीमा परी दर्जनौं घाइते भएका छन भने यतिखेर धमाधम मानिशहरूले शहर र घर सरसफाइ गरिरहेका छन्।राज्य मिडियाद्वारा प्रकाशित हवाई तस्बिरहरूले शनिबार दिउँसो एक गर्जनको समयमा ग्वाङझाउको बाईयुन जिल्लामा धेरै समुदायहरूमा आँधीबेहरी आए पछि विनाशको...
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा संक्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।उत्तरी स्थानीय क्षेत्र मुबीमा दादुराको प्रकोपबाट दुई सयभन्दा बढी बालबालिका प्रभावित भएको आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन्। 
इराकमा टिकटक स्टार फहादको गोली हानी हत्या
इराकमा टिकटक स्टार फहादको गोली हानी हत्या उम्म फाहदको नामले चिनिने इराकी सोसल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ। उनलाई इराकको राजधानी बगदादमा शुक्रबार राति घर बाहिर गोली हानी हत्या गरिएको सीएनएनले उल्लेख गरेको छ।
चर्चित भारतीय टीभी सिरियल ‘तारक मेहता का उल्टा चस्मा’ का अभिनेता ‘सोडी’ बेपत्ता
चर्चित भारतीय टीभी सिरियल ‘तारक मेहता का उल्टा चस्मा’ का अभिनेता ‘सोडी’ बेपत्ता उनको खोजीका लागि अलगअलग टोली परिचालन गरिएको प्रहरीको भनाइ छ। प्रहरीले उनको खोजी गर्न सीसीटीभी फुटेज नियालिरहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 
अब नदीमा कति पानी बग्छ अनुमान गर्न सकिने 
अब नदीमा कति पानी बग्छ अनुमान गर्न सकिने  नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति पानी बग्छ भन्ने नयाँ अनुमान उपलब्ध गराएको छ। यो अनुसन्धान पृथ्वीको जलचक्र बुझ्न र यसको ताजा पानीको आपूर्ति व्यवस्थापन गर्न महत्त्वपूर्ण जानकारी हो।
ताइवानमा ६.१ रेक्टरको भूकम्प
ताइवानमा ६.१ रेक्टरको भूकम्प ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ।ताइवानको पूर्वी काउन्टी हुआलियननजिकै शनिबार गएको भूकम्पको तीव्रता ६.१ रिक्टर स्केल रहेको उक्त देशको मौसम विभागले जनाएको छ।त्यहाँको प्रशासनले राजधानी ताइपेईका धेरै भवनहरू भूकम्पले हल्लाएको बताएको छ।
राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै
राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न चाँडै सार्वजनिक जीवनमा फर्कने तयारीमा छन्।यस वर्षको सुरुमा उनलाई क्यान्सर भएको पत्ता लागेपछि उनको स्वास्थ्यमा निरन्तर सुधार आएको चिकित्सकहरूले बताएका छन्। बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै राजा चार्ल्स छिट्टै जिम्मेवारीमा फर्किने जानकारी दिएको छ।
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्। चीनको भ्रमणमा रहेका ब्लिन्कनले शुक्रबार राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन्।भेटपछि ब्लिन्कनले जिनपिङसँग चीनको समर्थन बिना रुसले यस युद्धमा कठिनाइहरूको सामना गर्ने बताएको उल्लेख गरेका छन्।
उत्तर कोरियाका नेता किमले गरे मल्टिपल रकेट लन्चर परीक्षणको निरीक्षण
उत्तर कोरियाका नेता किमले गरे मल्टिपल रकेट लन्चर परीक्षणको निरीक्षण उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका छन्। प्योङयाङले रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाइएपछि यो पछिल्लो हतियार परीक्षण गरिएको हो। 
Weather Update