News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं—  बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न चाँडै सार्वजनिक जीवनमा फर्कने तयारीमा छन्।

यस वर्षको सुरुमा उनलाई क्यान्सर भएको पत्ता लागेपछि उनको स्वास्थ्यमा निरन्तर सुधार आएको चिकित्सकहरूले बताएका छन्। बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै राजा चार्ल्स छिट्टै जिम्मेवारीमा फर्किने जानकारी दिएको छ।

Prabhu Bank

७५ वर्षीय राजा चार्ल्स आफ्नी पत्नी रानी क्यामिलासँग अर्को मंगलबार लन्डनमा क्यान्सर उपचार केन्द्र जानेछन्। राजा चार्ल्स क्यान्सरको उपचार र निको भएर छिट्टै सार्वजनिक जिम्मेवारीमा फर्किनेसमेत उल्लेख गरिएको छ।

‘राजा र रानीले अर्को मंगलबार क्यान्सर उपचार केन्द्रको भ्रमण गर्नेछन्, जहाँ उनीहरूले चिकित्सा विशेषज्ञ र बिरामीहरूलाई भेट्नेछन्,' विज्ञप्तिमा भनिएको छ।

यो यात्रा राजाले आउने हप्ताहरूमा गर्ने धेरै बाहिरी गतिविधिहरू मध्ये पहिलो हुनेछ। बकिङ्घम प्यालेसले राजाको मेडिकल टोली अहिलेसम्म भएको प्रगतिबाट धेरै खुसी छ र उनको निरन्तर रिकभरीको बारेमा टोली सकारात्मक रहेको बताएको छ।

बकिङ्घम प्यालेसका प्रवक्ताले राजा चार्ल्सको उपचार जारी रहने बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १०:५०
Weather Update