सर्वोच्चले दियो रामदेवलाई झट्का, अब योग शिविर चलाएको सेवा कर तिर्नु पर्ने सोमबार, वैशाख १०, २०८१

अमेरिकाले लगायो इजरायली सैनिक माथि प्रतिबन्ध, नेतान्याहुले भने, ‘बेतुक कदम’ सोमबार, वैशाख १०, २०८१ यो प्रतिबन्ध वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विरुद्ध मानवअधिकार उल्लङ्घनको आरोपमा लगाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। बाइडेन प्रशासनले यस बटालियनलाई कालोसूचीमा राख्ने निर्णय गर्न सक्ने पनि उनीहरूले उल्लेख गरेका छन्। यदि यसो भयो भने नेत्जाह येहुदा सिपाहीहरूले अमेरिकी सैनिकहरूसँग तालिम लिन सक्षम हुने छैनन्। अमेरिकी कोष पनि बन्द हुनेछ। अमेरिकी हतियारमाथि पनि...

इरानमा इजरायल आक्रमणको स्याटलाइट तस्बिर सार्वजनिक, एअर बेसमा नोक्सान भएको दाबी आइतबार, वैशाख ९, २०८१ गत हप्ता, इरानले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासमा इजरायलले गरेको आक्रमणमा धेरै शीर्ष इरानी कमान्डरहरूको मृत्युको जवाफमा इजरायलमा तीन सयभन्दा बढी मिसाइल र ड्रोनहरू प्रहार गरेको थियो। यद्यपि, तीमध्ये धेरैजसो आकाशमा नै नष्ट भएका थिए। इजरायलले इरानको असफल आक्रमणमा आफूलाई कुनै क्षति नभएको दाबी गरेको छ।

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु आइतबार, वैशाख ९, २०८१ अमेरिकी शहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन्। घटनास्थलमा दुई जना मृत फेला परेको र घाइते छमध्ये एक जनाको अवस्था क्षेत्रीय अस्पतालमा ‘चिन्ताजनक’ रहेको मेम्फिस प्रहरी विभागले सामाजिक सञ्जाज एक्समा उल्लेख गरेको छ।
-1713510134.jpg)
भारत निर्वाचनः तनावग्रस्त मणिपुरका ११ स्थानमा सोमबार मतदान आइतबार, वैशाख ९, २०८१ भारतको उत्तरपूर्वी राज्य मणिपुरका केहीस्थानमा स्थगित भएको मतदान भोलि (सोमबार) गराउने त्यहाँको निर्वाचन आयोगले जनाएको छ।१९ अप्रिलमा भएको पहिलो चरणको मतदानमा मणिपुरका ११ मतदान केन्द्रहरू स्थगित गरिएका थिए।

जापानी सैन्य हेलिकप्टर दुर्घटनामा एकको मृत्यु, सात बेपत्ता आइतबार, वैशाख ९, २०८१ जापानमा दुई सैन्य हेलिकप्टर एकआपसमा ठोक्किएर समुद्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु र सात जना घाइते भएका छन्। जापानको आत्मरक्षा बल (सेल्फ डिफेन्स फोर्स, एसडीएफ) का प्रवक्ताले शनिबार रातिको घटनाको पुष्टि गर्दै एक जनाको उद्धार गरिए पनि पछि उनको मृत्यु भएको बताए।

भारतमा विवाहबाट फर्किरहेका ९ जनाको सडक दुर्घटनामा मृत्यु आइतबार, वैशाख ९, २०८१ भोपालको डुङ्गरी गाउँमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना भएको झालावारका प्रहरी उपरीक्षक ऋचा तोमरले जानकारी दिएकी छन्।

अमेरिकी अदालत अगाडि एक व्यक्तिले आफैमाथि आगो लगाएपछि... आइतबार, वैशाख ९, २०८१ अमेरिकामा शुक्रबार एक व्यक्तिले म्यानह्याटन अदालतबाहिर आफैंलाई आगो लगाएका छन्। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई मौन पार्न पैसा तिरेको मुद्दाको सुनुवाइका लागि न्यायाधीशहरू चयन भइरहेका बेला यो घटना भएको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन्।आगो लगाउने व्यक्तिको नाम म्याक्सवेल अजरेलो हो। उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।...

बेलायतले १५० अघि लुटेका सुनका कलाकृति घानाले लग्यो फिर्ता आइतबार, वैशाख ९, २०८१ बेलायतले १५० वर्षपछि लोनमा लुटेका घानाका कलाकृति फिर्ता गरेको छ। युनाइटेड किंगडमले असान्ते किंगडम बाट १५० वर्ष भन्दा पहिले चोरी भएको ३२ वटा सुन र चाँदीका खजाना फिर्ता गरेको छ। ब्रिटिश सङ्ग्रहालयमा रहेका १५ वस्तुहरू र भिक्टोरिया र अल्बर्ट सङ्ग्रहालयमा रहेका १७ कलाकृतिहरू १९ औं शताब्दीमा असान्ते राजाको दरबारबाट लुटेका...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पत्नीको खानामा कसले मिलायो शौचालय सफा गर्ने केमिकल? आइतबार, वैशाख ९, २०८१ पाकिस्तानको एक अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीको मेडिकल जाँचको लागि अनुरोध स्वीकार गरेको छ।अदालतले दुई दिनभित्र पूर्व प्रथम महिलाको निजी अस्पतालमा एन्डोस्कोपी गर्न निर्देशन दिएको छ।

इरान समर्थित पीएमएफको सैन्य शिविरमा हमला, इजरायलले गराएको आशंका शनिबार, वैशाख ८, २०८१ इराकको पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) ले शुक्रबार राति आफ्नो काल्सो सैन्य आधारको कमान्ड पोस्टमा ठूलो विस्फोट भएको जनाएको छ। काल्सो सैन्य बेस बगदाद देखि ५० किलोमिटर छ। सुरक्षा स्रोतले विस्फोटको कारण हवाई आक्रमण भएको बताएको छ। यस हमलामा एक १ लडाकुको मृत्यु भएको छ, जबकि ६ सैनिक घाइते भएका छन्,...

रुसले लगायो २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक शुक्रबार, वैशाख ७, २०८१ अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले मस्कोमा दुई सय ३५ अस्ट्रेलियालीलाई अनिश्चितकालका लागि प्रवेशमा रोक लगाएको छ। युक्रेनमा रुसको आक्रमणको निन्दा गर्नका लागि सक्रिय रूपमा आफ्नो मुलुकमा रुसविरोधी एजेन्डालाई बढावा दिइरहेका ती अस्ट्रेलियालीहरू नागरिक परिषद्का सदस्य भएको मस्कोले बताएको छ।

विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह शुक्रबार, वैशाख ७, २०८१ विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री करमा विद्यमान छुट हटाउन आग्रह गरेको छ।पाकिस्तानबारे जारी गरेको रिपोर्टमा बैंकले पाकिस्तानी सरकारलाई आर्थिक र सामाजिक सुधारका लागि तत्काल कर प्रणाली सुधार तथा बिक्री कर छुट हटाउन आवश्यक सल्लाह दिएको एआरवाई न्यूजको रिपोर्टले जनाएको छ।