विश्वभर खाद्य सुरक्षाको अवस्था बिग्रँदै, २८ करोड २० लाख मानिसमा भोकमरीशुक्रबार, वैशाख १४, २०८१

अनलाइन जुवा खेल्न पल्किएका १ हजार युवासहित झण्डै ३ हजार जना पक्राउ बिहीबार, वैशाख १३, २०८१ अनलाइन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा खेलाउनेविरुद्ध अनुसन्धान गरिरहेको प्रहरीले ६ महिनाको अवधिमा १ हजार युवासहित २ हजार ९२५ जनालाई पनि पक्राउ गरेको हो।

स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप, राजनीमा दिने प्रधानमन्त्रीको संकेत बिहीबार, वैशाख १३, २०८१ समाजवादी नेता एवम् स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले श्रीमतीमाथि भ्रष्टाचारको आरोप लागेपछि आफूले गर्दै आएका सरकारी काम नगर्ने घोषणा गरेका छन्।उनले जिम्मेवारी रहिरहने वा जिम्मेवारीबाट बाहिरिएर छानविनको वातावरण बनाउने भन्नेबारे आगामी सोमबार घोषणा गर्ने उल्लेख गरेका छन्।

संयुक्त राष्ट्र संघद्वारा सन २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन बुधबार, वैशाख १२, २०८१ संयुक्त राष्ट्रसंघले क्लाइमेट प्रोमिस २०२५ (जलवायु प्रतिज्ञा २०२५) पहल सुरु गरेको छ। यो पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढी बढ्नबाट रोक्नका लागि संयुक्त विश्वव्यापी प्रयास हो।

गाजाको अस्पताल परिसरमा दुईसय बढीको शव भेटियो मंगलबार, वैशाख ११, २०८१ इजरायली कब्जापछि गाजाको खान युनिस क्षेत्रको नासेर अस्पतालको आँगनमा फेला परेको सामूहिक चिहानमा दुई सयभन्दा बढी व्यक्तिको शव फेला परेको छ। रिपोर्टका अनुसार नासेर मेडिकल कम्प्लेक्समा भेटिएका केही शवको हात बाँधिएको थियो।

चीनको लागि जासुसी गरेको आरोपमा जर्मन सांसदका सहायक कर्मचारी पक्राउ मंगलबार, वैशाख ११, २०८१ जर्मनीको प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा युरोपेली सांसदसँग काम गर्ने एक सहायक कर्मचारीलाई पक्राउ गरेको छ। चिनियाँ मूलका ती जर्मन नागरिकलाई पूर्वी शहर ड्रेसडेनबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ।

चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्ता मंगलबार, वैशाख ११, २०८१ दक्षिण चीनको गुआङडोङ प्रान्तको फोसान शहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा चार जना बेपत्ता भएको सहरको आपत्कालीन व्यवस्थापन विभागले बताएको छ।

सन २०२३ मा जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित मंगलबार, वैशाख ११, २०८१ सन २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप प्रभावित क्षेत्र भएको संयुक्त राष्ट्रसंघले बताएको छ। एसियामा बाढी र आँधी मानवीय र आर्थिक क्षतिको प्रमुख कारण भएको बताइएको छ।
-1713848395.jpg)
एलोन मस्कसँग किन रिसाए अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीज? मंगलबार, वैशाख ११, २०८१ अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अर्बपति व्यापारी एलोन मस्कलाई ‘अहंकारी’ व्यक्ति भन्दै कटाक्ष गरेका छन्।

भारतमा डीडी न्यूजको लोगोको रङ्ग परिवर्तन, भाजपाको झन्डासँग मिल्दोजुल्दो भएपछि विपक्षीको विरोध मंगलबार, वैशाख ११, २०८१ भारतीय सरकारी स्वामित्वमा रहेको प्रसार भारतीले न्यूज च्यानल दूरदर्शन (डीडी) न्यूजको लोगोको रङ्ग रातोबाट बदलेर ‘सुन्तला रङ’ बनाएको छ। यसलाई हिन्दीमा ‘भागवा’ भनिन्छ भने अङ्ग्रेजीमा ‘स्याफ्रन’ भनिएको छ। यो रङ भारतीय जनता पार्टी (भाजपा)को झन्डामा पनि प्रयोग भएकाले विपक्षीले भने विरोध गरेका छन्।

हमासको आक्रमण असफल बनाउन नसकेको भन्दै इजरायली सेनाको गुप्तचर विभाग प्रमुखले दिए राजीनामा सोमबार, वैशाख १०, २०८१ इजरायली सेनाको गुप्तचर विभागका प्रमुख मेजर जनरल अहारोन हलिभाले राजीनामा दिएका छन्। ७ अक्टोबरमा हमासको हमलालाई असफल बनाउन नसकेको जिम्मेवारी लिएर उनले आफ्नो पदबाट राजीनामा दिएका हुन्।आक्रमण असफल बनाउन नसकेको जिम्मेवारी लिएर पदबाट राजीनामा दिने उनी पहिलो वरिष्ठ अधिकारी हुन्। सेनाले हरोन हलिवाको राजीनामा स्वीकृत गरेको छ।
-1713510135.jpg)
निर्वाचनको पहिलो दिन हिंसा भएपछि उत्तरपूर्वी भारतका केही मतदाता मतदानमा फर्किए सोमबार, वैशाख १०, २०८१ गत साता हिंसाका कारण मतदानमा अवरोध पुगेपछि उत्तरपूर्वी भारतीय राज्यमा केही मतदान स्थलमा मतदाताहरू सोमबार कडा सुरक्षाका बीच मतदानमा फर्केका छन्।

माल्दिभ्स आमनिर्वाचनः राष्ट्रपति मुइज्जुको दललाई बहुमत सोमबार, वैशाख १०, २०८१ माल्दिभ्समा भएको संंसदीय निर्वाचनमा राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टीले ठूलो सफलता हासिल गरेको छ। आइतबार भएको निर्वाचनमा उनको पार्टीले संसदको ९३ सिटमध्ये ६६ सिट जित्दै बहुमत हासिल गरेको छ।