News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
विश्वभर खाद्य सुरक्षाको अवस्था बिग्रँदै, २८ करोड २० लाख मानिसमा भोकमरी
सांकेतिक तस्बिर। 

काठमाडौं— विश्वभर २८ करोड २० लाख मानिस भोकमरीमा परेको रिपोर्ट सार्वजनिक भएको छ। संयुक्त राष्ट्रसङ्घले निकालेको ‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’का अनुसार सन् २०२३ मा संसारभर यति मानिसले भोकमरीको सामना गर्नु परेको जनाइएको हो।

‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’का अनुसार २०२२ मा २.४ करोडभन्दा बढी मानिसहरूले खाद्यान्नको तीव्र अभावको सामना गर्नुपरेको पनि जनाइएको छ। जसका कारण गाजा पट्टी र सुडानमा खाद्य सुरक्षाको अवस्था बिग्रँदै गएको छ। 

Prabhu Bank

राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले अन्तर्राष्ट्रिय विज्ञहरूले भोकमरीको मापन तय गरेकोमा पाँच देशका ७ लाख ५ हजार मानिस पाँचौं चरणमा रहेको र यो उच्चतम् स्तर मानिएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले सन् २०१६ मा विश्वव्यापी प्रतिवेदन सार्वजनिक गरेयता भोकमरीबाट पीडित व्यक्तिको यो सबैभन्दा बढी संख्या भएको बताए।

संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार दक्षिण सुडान, बुर्किना फासो, सोमालिया र मालीमा हजारौं मानिस भोकमरीबाट पीडित छन् । प्रतिवेदनमा भविष्यको परिदृश्यले गाजामा ११ लाख र दक्षिण सुडानमा ७९ हजार मानिस जुलाईसम्म पाँचौं चरणमा पुग्न सक्ने अनुमान गरेको छ। 

यससँगै भोकमरीको सामना गर्न बाध्य हुने चरण पनि सुरु हुन सक्छ। साथै सन् २०१६ मा रेकर्ड गरिएको सङ्ख्याको तुलनामा यो चार गुणा बढेको छ।

अर्थशास्त्रीले गम्भीर भोकमरीको सामना गरिरहेका ८० प्रतिशत अर्थात् ५ लाख ७७ हजार गाजामा मात्रै रहेको बताए।  

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०९:१५
Weather Update