News Griha :: न्यूजगृह
१४ लाख प्यालेस्टिनीले आश्रय लिइरहेको रफाहमा सैन्य कारबाही थाल्ने इजरायलको तयारी
१४ लाख प्यालेस्टिनीले आश्रय लिइरहेको रफाहमा सैन्य कारबाही थाल्ने इजरायलको तयारी हालै इजिप्ट र अमेरिकाका केही कूटनीतिज्ञहरू इजरायल गएका छन्। रिपोर्टका अनुसार यी व्यक्तिहरूले इजरायललाई रफाहमा सैन्य कारबाही सुरु गरेमा युरोप र इजरायलबीचको सुरक्षा सन्धि रद्द गर्ने धम्की पनि दिएका थिए। अमेरिकालगायत धेरै देशले इजरायलको राफाह आक्रमण गर्ने योजनालाई अनुमोदन भने गरेका छैनन्। तर, केही दिनअघि इजरायलका प्रधानमन्त्री नेतान्याहुले रफाहमा भएको...
युक्रेनमाथि आक्रमण अझ बढाउने पुटिनको संकेत
युक्रेनमाथि आक्रमण अझ बढाउने पुटिनको संकेत रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियारको अभ्यास गर्न निर्देशन दिएका छन्। रुस–युक्रेन युद्ध सुरु भएको २६ महिना पुग्दा पनि रोकिने संकेत नदेखिएपछि पुटिनले आक्रमणलाई झन तीव्र बनाउने संकेत गरेका हुन्।खास गरेर युक्रेनको सीमामा तैनाथ सेना र नौसेनालाई यो आदेश दिइएको रुसी सञ्चार माध्यमहरूले जनाएका छन्।अभ्यासमा आणविक...
अफगानिस्तानमा बाढीका कारण कम्तिमा १४ जनाको  मृत्यु
अफगानिस्तानमा बाढीका कारण कम्तिमा १४ जनाको  मृत्यु अफगानिस्तानमा भारी वर्षापछि आएको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको छ।विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण एक सय ४० आवासीय घरहरू क्षतिग्रस्त भएका छन् भने दुई हजार भन्दा बढी गाईवस्तुको मृत्यु भएको हो। 
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने नयाँ कानुनको सबैभन्दा महत्त्वपूर्ण कुरा यी राष्ट्रिय नियमहरू सदस्य राष्ट्रहरूले उल्लङ्घन गरेमा वायु प्रदूषणबाट प्रभावित मानिसहरूले सरकारविरुद्ध कानुनी कारबाही गर्न सक्नेछन् र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा हानी पुगेमा, त्यसपछि उनीहरूले सरकारविरुद्ध कानुनी कारबाही गर्न सक्नेछन्।
'टाइटानिक' र 'लर्ड अफ द रिङ्स' अभिनेता बर्नार्ड हिलको निधन
'टाइटानिक' र 'लर्ड अफ द रिङ्स' अभिनेता बर्नार्ड हिलको निधन हलिउडका दिग्गज अभिनेता बर्नार्ड हिलको ७९ वर्षको उमेरमा निधन भएको छ।बर्नार्ड हिल १९९७ को फिल्म 'टाइटानिक' मा क्याप्टेन एडवर्ड जोन स्मिथको भूमिकाको लागि परिचित थिए। 
इजरायल–हमास वार्ता निष्कर्षविहीन 
इजरायल–हमास वार्ता निष्कर्षविहीन  इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ। गाजामा सङ्घर्षविराम र इजरायली बन्धकलाई रिहा गर्ने उद्देश्यअनुसार इजिप्टको राजधानी कायरोमा आइतबार दोस्रो दिनको वार्ता भएको थियो। वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र हमासका कमान्डर इस्माइल हानियेले एकअर्कालाई लगाएका छन्।
इजरायलले अल जजिरा टीभीमाथि प्रतिबन्ध लगायो
इजरायलले अल जजिरा टीभीमाथि प्रतिबन्ध लगायो इजरायलले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाएको छ। इजरायलको मन्त्रिपरिषद्ले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
इरानमा माछाको वर्षा भएपछि...
इरानमा माछाको वर्षा भएपछि... इरानमा माछाको वर्षा भएको छ। अहिले इरानका सडकहरुमा माछाको वर्षा भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु 
दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु  ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ। राज्य रक्षा एजेन्सीका अनुसार बाढीका कारण हालसम्म ५८ जनाको मृत्यु भएको र ७४ जनाभन्दा बढी घाइते भएका छन्।यसबाहेक ७० हजारभन्दा बढी मानिसले आफ्नो घर छाड्नुपरेको छ। साथै ६७ जना बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका...
अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न १६ वर्षीय युवकलाई प्रहरीले गोली हानेर मार्‍यो
अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न १६ वर्षीय युवकलाई प्रहरीले गोली हानेर मार्‍यो प्रहरीले शनिबार राति अबेरसम्म एक व्यक्तिले चक्कु प्रहार गरी सामान्य क्षति पुर्याएको जानकारी प्राप्त भएको जनाएको छ। नाबालिग युवक को उमेर १६ वर्ष थियो। उनलाई रोक्न गोली चलाइएको प्रहरीले जनाएको छ। गोली लागेर नाबालिगलाई अस्पताल लगिए पनि बचाउन सकिएन।  
निक जोनसलाई इन्फ्लुएन्जा ए को संक्रमण, कन्सर्ट सारियो
निक जोनसलाई इन्फ्लुएन्जा ए को संक्रमण, कन्सर्ट सारियो ग्लोबल आइकन प्रियङ्का चोपडाका गायक पति निक जोनस यतिबेला चर्चामा छन्। निक आफ्नो म्युजिकल कन्सर्टका कारण चर्चामा आउँछन्। तर उनले स्वास्थ्य समस्याका कारण केही कन्सर्ट सारेका छन्।यी अमेरिकी गायकले आफ्ना फ्यानसमक्ष भिडिओ सन्देशमार्फत माफी मागेका छन्। उनले आफूलाई इन्फ्लुएन्जा ए को संक्रमण भएको खुलाएका छन्।
भारतले प्याज निर्यात प्रतिबन्ध हटायो
भारतले प्याज निर्यात प्रतिबन्ध हटायो भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो।भारतले शनिबारबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ।
Weather Update