News Griha :: न्यूजगृह
अफगानिस्तानमा बाढीका कारण कम्तिमा १४ जनाको  मृत्यु
तस्बिरः बिजनेस स्ट्यान्डर्ड

काठमाडौं— अफगानिस्तानमा भारी वर्षापछि आएको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको छ।

विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण एक सय ४० आवासीय घरहरू क्षतिग्रस्त भएका छन् भने दुई हजार भन्दा बढी गाईवस्तुको मृत्यु भएको हो। 

Prabhu Bank

विगत तीन दिनमा वर्षाका कारण कम्तिमा १४ जना नागरिकको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। बाढीले आवासीय घरहरु पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

यसैबीच, सार्वजनिक निर्माण मन्त्रालयका प्रवक्ता मोहम्मद अशरफ हक्कसेनसले अफगानिस्तानका बदख्सान, तखर, घोर र नुरिस्तान प्रान्तका केही सडकहरू भूस्खलन र बाढीका कारण अस्थायी रूपमा अवरुद्ध भएको बताउनु भएको छ।

 ‘बाढी र भू–स्खलनका कारण अस्थायी रूपमा बन्द गरिएका तखर, बदख्सान, घोर र नुरिस्तान प्रान्तका धेरैवटा सडकहरु खुलाउने काम भइरहेको छ,’ उनले भने। 

निरन्तरको भारी वर्षाको कारण स्थानीयबासीको धेरै नोक्सानी भएको छ। बाढीमा परेर बालबालिकाहरुको समेत मृत्यु भएको र बाढीबाट भएको जनधनको क्षतिलाई तत्काल सम्बोधन गर्न सरकार समक्ष स्थानीयवासीले आग्रह गरेका छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १५:१२
Weather Update