News Griha :: न्यूजगृह
युद्धग्रस्त गाजामा तीन इजरायली बन्धकको शव फेला पर्‍यो, १७ अमेरिकी डाक्टर सुरक्षित
युद्धग्रस्त गाजामा तीन इजरायली बन्धकको शव फेला पर्‍यो, १७ अमेरिकी डाक्टर सुरक्षित गत ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा तीन जना मारिएका थिए। पछि उनीहरुको शव गाजामा लगिएको थियो। सुरुमा तीनमध्ये दुईजना बन्धक गेलेन्र्टर र बुस्किला जीवित रहेको विश्वास गरिएको थियो। लुकलाई भने अक्टोबरको अन्त्यमा मृत घोषित गरिएको थियो।
अमेरिकाले समुद्री मार्गबाट ​​सहायताको पहिलो खेप गाजा पुर्‍यायो 
अमेरिकाले समुद्री मार्गबाट ​​सहायताको पहिलो खेप गाजा पुर्‍यायो  अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट ​​सहायताको पहिलो खेप पुर्याएको पुष्टि गरेको छ।अमेरिकाको सेन्ट्रल कमान्डरले सोसल मिडिया प्लेटफर्म एक्समा यो जानकारी दिएका हुन्।
चट्याङ लागेर पश्चिम बङ्गालमा १२ जनाको मृत्यु 
चट्याङ लागेर पश्चिम बङ्गालमा १२ जनाको मृत्यु  भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ लागेर १२ जनाको मृत्यु भएका छन्। साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन्।
भारतमा चट्याङ लागेर १२ जनाको मृत्यु
भारतमा चट्याङ लागेर १२ जनाको मृत्यु भारतमा चट्याङ लागेर कम्तिमा १२ जनाको मृत्यु भएको छ।  भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा  चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन्।
अमेरिकाले लगायो उत्तर कोरियाबाट रुसमा हतियार ओसार्ने पाँच व्यक्ति र संस्थामाथि प्रतिबन्ध
अमेरिकाले लगायो उत्तर कोरियाबाट रुसमा हतियार ओसार्ने पाँच व्यक्ति र संस्थामाथि प्रतिबन्ध अमेरिकाले उत्तर कोरिया र रुसबीच हतियार ओसारपसार गर्ने पाँच व्यक्ति र संस्थाहरूमाथि प्रतिबन्ध लगाएको छ।अमेरिकी ट्रेजरी विभागका अनुसार ती पाँच व्यक्तिहरूको सैन्य सामग्री ओसारपसारमा नियन्त्रण गर्ने र उनीहरुको अवैध कारोबार सार्वजनिक गर्ने प्रयासमा तथ्यहरु खुलेपछि यस्तो निर्णय गरिएको बिहीबार जनाएको छ।
चीन भ्रमणमा रुसी राष्ट्रपति पुटिन 
चीन भ्रमणमा रुसी राष्ट्रपति पुटिन  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आज बिहानै बेइजिङ पुगेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा उनी बेइजिङ पुगेका हुन्। हालै राष्ट्रपतिमा फेरि चुनिएपछि पुटिनको यो पहिलो विदेश भ्रमण हो।युक्रेनसँगको युद्धमा होमिएको रुस कमजोर हुँदै गएको अर्थतन्त्र र सामरिक सहायताका लागि बेइजिङसँग परामर्शमा रहेको छ।पुटिन मार्चमा पुनः राष्ट्रपतिमा निर्वाचित भएका...
गोली निकालेपछि स्लोभाकियाका प्रधानमन्त्री फिको खतरा मुक्त 
गोली निकालेपछि स्लोभाकियाका प्रधानमन्त्री फिको खतरा मुक्त  युरोपेली देश स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त भएको जनाइएको छ। ५६ वर्षीय प्रधानमन्त्री फिकोमाथि बुधबार आक्रमणकारीले पाँच राउन्ड गोली हानेका थिए। आक्रमणकारीको उमेर ७१ वर्ष रहेको जनाइएको छ।पाँच राउन्ड गोली हानेकोमा एउटा प्रधानमन्त्री रोबर्ट पेटमा लागेको थियो। पेटमा गोली लागेपछि साढे ३ घण्टा लगाएर उनको शल्यक्रिया गरिएको त्यहाँको...
स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार
स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार प्रहरीले गोली चलाउने अभियुक्तलाई पनि नियन्त्रणमा लिएको छ। गोली राजधानीभन्दा करिब  २ घण्टाको ड्राइभ टाढा ह्याण्डलोभा भन्ने ठाउँमा भएको सीएनएनले उल्लेख गरेको छ।
भारत र इरानले बनाउने बन्दरगाहबाट सबैलाई फाइदा पुग्छः एस जयशंकर 
भारत र इरानले बनाउने बन्दरगाहबाट सबैलाई फाइदा पुग्छः एस जयशंकर  भारतीय विदेशमन्त्री एस जयशंकरले भारत र इरानले संयुक्त रुपमा निर्माण गर्ने इरानी बन्दरगाहले सम्पूर्ण क्षेत्रलाई फाइदा हुने दाबी गरेका छन्।भारत र इरानले यस बिषयमा गरेको सम्झौताको अमेरिकाले कडा आलोचना गरेको थियो।  अमेरिकालाई जवाफ दिनेगरी विदेशमन्त्री जयशंकरले आज यस्तो टिप्पणी गरेका हुन्।
राजतन्त्रको अपमान गरेको आरोपमा थाइल्याण्डको हिरासतमा रहेकी अभियन्ताको मृत्यु
राजतन्त्रको अपमान गरेको आरोपमा थाइल्याण्डको हिरासतमा रहेकी अभियन्ताको मृत्यु राजतन्त्रको अपमान गरेको अभियोगमा थाइल्याण्डमा थुनामा रहेकी अभियन्ता नेतिपर्ण सनेसाङ्खोमको मृत्यु भएको छ। उनी २८ वर्षकी थिइन् र विगत केही महिनादेखि अनशनमा थिइन्। नेतिपर्ण सानेसाङ्खोमलाई 'थालुबाङ्' भनेर पनि चिनिन्छ। मंगलबार नेतिपर्णको मुटुले अचानक काम गर्न छोडेको अधिकारीहरूले बताएका छन्।
कति होला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति ?
कति होला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति ? भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति कति होला? मोदी आफैँले दिएको जानकारीअनुसार भने उनको चल सम्पत्ति तीन करोड भारतीय रुपैयाँभन्दा बढी छ।उनले देखाएको तीन करोडमध्ये धेरैजसो रकम बैंकमा मुद्दती छ। लोकसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्नेमा प्रधानमन्त्री मोदीले आफ्नो सम्पत्ति तीन करोड रहेको उल्लेख गरेका छन्। 
मुम्बईमा होडिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु, ७४ घाइते 
मुम्बईमा होडिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु, ७४ घाइते  दुर्घटनामा परी करिब ७४ जना घाइते भएको भारतीय अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार ७० मिटर लामो होर्डिङ बोर्ड शहरको घर र पेट्रोल स्टेसनमा खसेको थियो।
Weather Update