भारतमा बंगलादेशका सांसद मृत भेटिएबुधबार, जेठ ९, २०८१

गाजामा सहायता आपुर्ति प्रतिबन्ध हटाउन इजरायललाई डब्लूएचओको आग्रह बुधबार, जेठ ९, २०८१ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयसुसले इजरायललाई गाजामा चिकित्सा सहायता आपूर्तिमा नाकाबन्दी हटाउन आग्रह गरेका छन्। उनले गाजाको युद्ध क्षेत्रमा करिब ७०० जना गम्भीर बिरामी फसेका बताउँदै चिकित्सा सहायता सामग्रीको अभावलाई तत्काल सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराए।

इरानका राष्ट्रपति रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा मंगलबार, जेठ ८, २०८१ इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा भेला भएका छन्। रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा निधन भएको हो । इरानले देशमा पाँच दिने शोकको घोषणा गरेको छ ।रायसीको पार्थिव शरीरलाई बिहीबार साँझ उनको जन्मस्थल मशहदमा दाहसंस्कार गरिने छ । इरानमा रायसीलाई बिदाइ गर्न धेरै कार्यक्रम आयोजना गरिने छ ।
-1716267129.jpg)
इरानको कार्यवाहक राष्ट्रपतिमा मोख्बर नियुक्त, यस्तो छ उनको विगत मंगलबार, जेठ ८, २०८१ इरानको कार्यवाहक राष्ट्रपतिमा उपराष्ट्रपति मोहम्मद मोख्बर नियुक्त भएका छन्। राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उनलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको हो। ६८ वर्षीय मोख्बर इरानको शिया धर्मतन्त्रमा अन्य राजनीतिक नेताहरूको तुलनामा धेरै हदसम्म चर्चाबाट टाढा रहने व्यक्ति हुन्। रइसीको मृत्युपछि मोख्बर एक्कासी अगाडि आएका हुन्। उनले इरानमा राष्ट्रपतीय निर्वाचन...

इजरायलले भन्यो- रफाहमा तीब्र सैन्य कारबाही हुन्छ मंगलबार, जेठ ८, २०८१ इजरायलले गाजामा रहेको रफाह हमासको अन्तिम गढ रहेको बताएको छ। संयुक्त राष्ट्रसंघको अनुमान अनुसार इजरायली सेनाले राफाहमा गरेको अभियानपछि करिब आठ लाख मानिसले इलाका छाडेका छन्। अमेरिकाले इजरायललाई राफाहमा सैन्य कारबाही नगर्न दबाब दिएको थियो।

भारतको छत्तीसगढमा मजदुर सवार गाडी दुर्घटना, १८ जनाको मृत्यु सोमबार, जेठ ७, २०८१ चार मजदुर घाइते छन्। उनीहरूको अवस्था चिन्ताजनक रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।

इरानमा पाँच दिनको राष्ट्रिय शोक सोमबार, जेठ ७, २०८१ इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ ।इरानको सरकारी मिडियाका अनुसार राष्ट्रपति रयसीसहित ९ जनाको निधनमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको हो ।

हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपतिको निधन सोमबार, जेठ ७, २०८१ हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसीको निधन भएको छ। आइतबार खराब मौसमका कारण राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर बेपत्ता भएको थियो। सोमबार दुर्घटनास्थल पत्ता लागेसँगै उद्दारकर्ताहरु त्यहाँ परिचालन गरेर खोजी गरिएको थियो। इरानका राष्ट्रपति रायसीसहित त्यहाँका विदेशमन्त्री हुसेन अमिरबदुल्लाहियानको समेत मृत्यु भएको अलजजिराले जनाएको छ। ।

इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लाग्यो, उद्धार टोली पठाइयो सोमबार, जेठ ७, २०८१ खोज तथा उद्धारका लागि टर्कीबाट खटिएको ड्रोनले इरानको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा जलेको अवस्थामा फेला पारेको टर्कीस्थित समाचार एजेन्सी अनादोलुले जनाएको छ। जलेको ठाउँ भेटिएलगत्तै त्यहाँ उद्धारकर्मीहरूको टोली खटिएको छ।

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना आइतबार, जेठ ६, २०८१ इरानका गृहमन्त्री अहमद वाहिदीका अनुसार उद्धारका लागि हेलिकप्टरसहितको टोली पठाइसकिएको छ। बाक्लो कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भएकोसमेत इरानको समाचार संस्थाले जनाएको छ। राष्ट्रपति रइसी सवारसहित ३ हेलिकप्टर सँगै भए पनि २ वटा हेलिकप्टर भने सकुशल अवतरण भएको समाचारमा उल्लेख छ।
-1716112789.jpg)
मिडियासम्बन्धी विधेयकमा जर्जियाका राष्ट्रपतिद्वारा भिटो प्रयोग आइतबार, जेठ ६, २०८१ जर्जियाका राष्ट्रपति सलोमे जोराबिचभिलीले विवादास्पद मिडिया विधेयकमा भिटो प्रयोग गरेका छन्। उक्त विधेययको विरोधमा लगातार विरोध प्रदर्शन भइरहेका बेला राष्ट्रपतिले भिटो प्रयोग गरेका हुन्।
-1716099017.jpg)
भीषण वर्षा र बाढीका कारण अफगानिस्तानमा कम्तिमा ५० जनाको मृत्यु आइतबार, जेठ ६, २०८१ अफगानिस्तानमा भीषण वर्षा र बाढीका कारण कम्तिमा ५० जनाको मृत्यु भएको छ भने दुई हजारभन्दा बढी घरहरु ध्वस्त भएका छन्।

ताइवानको संसद्मा झडप, सांसदहरुबीच हानाहान शनिबार, जेठ ५, २०८१ समाचार एजेन्सी रोयटर्सका अनुसार बहुमतमा रहेकाले विपक्षी दलले सरकारमाथि नजर राख्न संसद्मा आफ्ना सदस्यहरूलाई थप शक्ति दिन चाहन्छ। चिङ तेहको पार्टी डीपीपीले विपक्षीले विधेयक संसद्मा पास गराउन दबाब दिन खोजेको आरोप संविधानको उल्लङ्घन भएको आरोप लगाएको छ। सत्तारुढ प्रजातान्त्रिक गणतन्त्र पार्टीका सांसदहरुले विधेयकमा पहिले प्रक्रियाअनुसार छलफल हुनुपर्ने माग राखेका छन्।...