को बन्ला भारतमा नयाँ प्रधानमन्त्री? आइतबार, जेठ २०, २०८१

भारतमा लोकसभाको अन्तिम चरणको मतदान सुरु, प्रधानमन्त्री मोदीको प्रतिस्पर्धी को? शनिबार, जेठ १९, २०८१ आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान सुरु भएको छ। यस चरणमा प्रधानमन्त्री नरेन्द्र मोदी, २ केन्द्रीय मन्त्री आरके सिंह र अनुराग ठाकुर चुनावी मैदानमा छन्। त्यस्तै कंगना रनौत, रवि किशन, पवन सिंह, काजल निषाद सहित चार कलाकार पनि चुनावी मैदानमा रहेका छन्।

भारतमा गर्मीका कारण ३१ को मृत्यु शुक्रबार, जेठ १८, २०८१ भारतमा अत्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ। पूर्वी राज्य उडिसामा गर्मीका कारण १४ जनाको मृत्यु भएको अल इन्डिया रेडिओले जनाएको छ। चिकित्सकहरूले बिहीबार रेकर्ड गरिएका मृत्युहरू चलिरहेको गर्मीको लहरसँग सम्बन्धित हुन सक्ने बताएका छन्।

रुसले गर्यो २९ युक्रेनी ड्रोन नष्ट शुक्रबार, जेठ १८, २०८१ रूसी सेनाले दक्षिणी क्षेत्र क्रास्नोडारमा शुक्रबार रातिको समयमा २९ युक्रेनी ड्रोन नष्ट गरेको दाबाी गरेको छ। क्रास्नोडार क्षेत्रको हवाई रक्षा प्रणालीले २९ वटा ड्रोन र पाँचवटा नेप्च्युन एन्टी–शिप क्रुज मिसाइलहरू नष्ट गरेको वा प्रभावहिन तुल्याएको रूसको रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
-1717132781.jpg)
मोदीको ध्यान राजनीतिः पहिले उत्तरको केदारनाथ, अहिले दक्षिणको कन्याकुमारी शुक्रबार, जेठ १८, २०८१ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझदेखि तमिलनाडुस्थित कन्याकुमारीको विवेकानन्द रक मेमोरियलमा ४५ घण्टे ध्यान सुरु गरेका छन्। दुई महिनादेखि लोकसभा निर्वाचन अभियानको अगुवाई गरेका मोदीले अन्तिम मतदान अघि ध्यान गरेका छन्।नजिकैको तिरुवनन्तपुरमबाट हेलिकप्टर चढेर रक मेमोरियल पुगेका मोदी भगवती अम्मान मन्दिरमा पूजा गरेपछि ध्यानमा बसेका थिए। उनी भोलि अर्थात्...

यौन उत्पीडनको आरोप लागेका भारतका जेडीएस नेता प्रज्ज्वल पक्राउ शुक्रबार, जेठ १८, २०८१ सयौँ महिलालाई यौन उत्पीडन गरेको आरोप लागेका भारतका जेडीएस नेता प्रज्ज्वल रेवन्ना पक्राउ परेका छन्। जर्मनबाट फर्किएर भारत आउँदै गरेका प्रज्ज्वललाई बैङ्ग्लोर विमानस्थलमा विशेष अनुसन्धान टोली (एसआईटी) ले पक्राउ गरेको हो। उनलाई शुक्रबार अदालतमा पेस गरिने भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।

फौजदारी मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर शुक्रबार, जेठ १८, २०८१ फैसलापछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले यो अपमान हो भन्दै अदालतको धाँधलीपूर्ण निर्णय भएको बताए। उनले यसको सही निर्णय जनताले आगामी नोभेम्बर ५ मा गर्ने पनि बताए। यसो त अब फौजदारी मुद्दा मै दोषी ठहर भए पछि ट्रम्पको आगामी राजनीतिक बाटो कता मोडिने छ। यो भने सबैको चासोको विषय बन्ने छ।

सन् २०२३ मा विश्वभर साढे ११ सय जनालाई मृत्युदण्ड बिहीबार, जेठ १७, २०८१ विश्वभर सन् २०१५ पछि सबैभन्दा धेरै मृत्युदण्ड सन् २०२३ मा दिइएको एक तथ्यांकले देखाएको छ । एम्नेस्टी इन्टरनेशनलले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वभर मृत्युदण्डको सजाय दिइएको मध्ये सन् २०२३ मा सन् २०१५ यताकै सबैभन्दा ठूलो संख्या छ ।
नयाँ दिल्लीको तापक्रम हालसम्मकै उच्च बुधबार, जेठ १६, २०८१ भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस पुगेको छ। तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले बुधबार नरेला र मुङ्गेशपुरस्थित दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको हो।मौसम विभागका अनुसार त्यहाँको तापक्रम अपेक्षाभन्दा नौ डिग्री...
-1714111619.jpg)
उत्तर कोरियाले दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्ने मंगलबार, जेठ १५, २०८१ उत्तर कोरियाले छिट्टै जासुसी भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरेको छ। उत्तर कोरिया आफैले यो जानकारी जापानलाई दिएको छ। यसको पुष्टि गर्दै जापान कोस्ट गार्डले उत्तर कोरियाले मे २८ देखि जुन ४ सम्ममा भूउपग्रह प्रक्षेपण गर्ने जनाएको छ। तर, उत्तर कोरियाले यो प्रक्षेपणको मिति भने दिएको छैन।

हलिउड अभिनेता जोनी वाक्टरको गोली हानी हत्या सोमबार, जेठ १४, २०८१ वाक्टरको कार पार्क गरिरहेको स्थानमा रहेको क्यालिटीक कन्भर्टर हटाउन प्रयासरत रहेका तीन व्यक्तिले ३७ वर्षे अभिनेतालाई आक्रमण गरेका थिए। आक्रमणबाट जोनी गम्भीर घाइते भएका थिए। क्यालिटीक कन्भर्टर महँगो मूल्यमा बिक्री हुने फलामको साधन हो।

अमेरिकामा आँधीका कारण १८ को जनाको मृत्युः लाखौँ प्रभावित सोमबार, जेठ १४, २०८१ संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रमा घातक आँधीका कारण चार बालबालिकासहित १८ जनाको मृत्यु भएको र लाखौँले गम्भीर मौसमको खतराको सामना गर्नुपरेको छ।

भारत निर्वाचनः भाजपाले ३ सय सिट कटाउने गृहमन्त्री शाहको दाबी सोमबार, जेठ १४, २०८१ भारतको तल्लो सदन लोकसभाको निर्वाचनमा छैटौं चरणको मतदान सकिएको छ। अब अन्तिम सातौँ चरणको मतदान सकिएपछि केही दिनमा मत परिणाम सार्वजनिक गरिने त्यहाँको निर्वाचन आयोगले जनाएको।