
किसानविरुद्ध बोलेको भन्दै अभिनेत्री एवम् सांसद कङ्गनालाई थप्पड ! बिहीबार, जेठ २४, २०८१ कङ्गनाले यस विषयमा गुनासो गर्दै महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न माग गरेकी छिन्। कङ्गनालाई थप्पड हान्ने सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ।
-1713427951.jpg)
के अन्तर्राष्ट्रिय विद्यार्थी संख्या कटौती गर्दैछ अष्ट्रेलिया? बिहीबार, जेठ २४, २०८१ अष्ट्रेलियाको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या सीमित गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने विश्वविद्यालय अनुगमनकारी सर्वोच्च निकायले चेतावनी दिएको छ।बुधबार एक शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै ‘युनिभर्सिटीज अस्ट्रेलिया’का प्रमुख कार्यकारी ल्युक सिहीले आप्रवासन घटाउने प्रयासमा सरकारले खुला रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरिरहेको बताए।

मोदी फेरि एनडीएको नेता बिहीबार, जेठ २४, २०८१ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले नरेन्द्र मोदीलाई सर्वसम्मतिले आफ्नो नेता चयन गरेको छ। योसँगै मोदीले लगातार तेस्रोपटक प्रधानमन्त्री बनेर देशको कमान्ड सम्हाल्ने दिशामा अर्को कदम अगाडि बढाएका छन्।

प्रधानमन्त्री मोदीले दिए राजीनामा, जुन ८ मा तेस्रो कार्यकालका लागि शपथ लिने तयारी बुधबार, जेठ २३, २०८१ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजिनामा दिएका छन्। बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन्। राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।मोदी मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बसेको अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो। त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका...

अमेरिकी र्यापर तथा गायक कान्ये वेस्टविरुद्ध यौन दुर्व्यवहारको मुद्दा बुधबार, जेठ २३, २०८१ अमेरिकी मिडिया पर्सनालिटी किम कार्दासियनका पूर्व पति तथा अमेरिकी र्यापर तथा गायक कान्ये वेस्टविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ। कान्येका पूर्व असिस्टेन्ट लरेन पिस्सिओटाले उनीविरुद्ध मुद्दा दर्ता गराएकी हुन्।

ताइवानको सीमा नजिकै देखिए २६ चिनियाँ लडाकु विमान र १० युद्धपोत बुधबार, जेठ २३, २०८१ ताइवानी सञ्चारमाध्यमका अनुसार २६ मध्ये १९ वटा लडाकु विमानले चीन र ताइवानबीचको सिमानालाई विभाजित गर्ने मध्य रेखा पार गरेका छन्। चीनको यो कदमलाई उत्तेजक कार्यको रुपमा व्याख्या गरिएको छ।
-1717557360.jpg)
बेलुनमा फोहोर पठाएपछि दक्षिण कोरियाले खारेज गर्यो उत्तरसँगको शान्ति सम्झौता बुधबार, जेठ २३, २०८१ यद्यपि उत्तर कोरियाले आफ्नो बेलुन उडान गतिविधि बन्द गर्ने बताएको छ। दक्षिण कोरियामा पछिल्लो समय पर्चा वितरण गर्ने जनताको अभियानबाट आक्रोशित उत्तर कोरियाले केही दिनयता फोहोरले भरिएको बेलुन छिमेकी मुलुकतर्फ उडाएको थियो।

भारतमा एनडीएलाई बहुमत, तेस्रो पटक मोदी सरकार बुधबार, जेठ २३, २०८१ ५४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले २ सय ४० सिटमा जित हासिल गरेको छ। भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएलाई बहुमत प्राप्त भएको छ। यो गठबन्धनले २ सय ९२ सिट जितेको भारतको निर्वाचन आयोगले जनाएको छ।

अब अस्ट्रेलियाली सेनामा गैरनागरिकले पनि भर्ती हुन पाउने मंगलबार, जेठ २२, २०८१ ‘जुलाईबाट १२ महिनादेखि अस्ट्रेलियामा बसोबास गरिरहेका स्थायी बासिन्दालाई सेनामा भर्ती हुने अनुमति दिइनेछ र बेलायत, क्यानडा, न्युजिल्यान्ड र संयुक्त राज्य अमेरिकाका नागरिकहरूलाई प्राथमिकतामा राखिनेछ’, रक्षामन्त्री रिचर्ड मार्लेसले भने।

अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद मंगलबार, जेठ २२, २०८१ कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गरेकी हुन् । कंगनाले ५ लाख ३७ हजार २२ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी सिंहले ४ लाख ६२ हजार २६७ मत प्राप्त गरेका छन् ।

वाराणसीबाट मोदीको 'ह्याट्रिक', मतान्तर भने घट्यो मंगलबार, जेठ २२, २०८१ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उतर प्रदेशको वाराणसी निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक जित हासिल गरेका छन्। मोदीले भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतान्तरले पराजित गरेका हुन्।

भारतमा भाजपाले बहुमत गुमाउने निश्चित ! मंगलबार, जेठ २२, २०८१ भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ। मङ्गलबार बिहान ८ बजेदेखि सुरु भएको मतगणनाको अहिलेसम्मको गणनामा भारतीय जनता पार्टी भाजपाले बहुमत नल्याउने निश्चित भएको छ।५४३ सदस्यीय लोकसभामा बहुमतको लागि २७२ सांसद आवश्यक हुनेमा भाजपा अहिलेसम्म २४१ सिटमा मात्र अगाडि छ । २०१९ को निर्वाचनमा भाजपाले ३०३ सिट जितेको थियो।