News Griha :: न्यूजगृह
सन् २०२३ मा विश्वभर साढे ११ सय जनालाई मृत्युदण्ड 
सन् २०२३ मा विश्वभर साढे ११ सय जनालाई मृत्युदण्ड  विश्वभर सन् २०१५ पछि सबैभन्दा धेरै मृत्युदण्ड सन् २०२३ मा दिइएको एक तथ्यांकले देखाएको छ । एम्नेस्टी इन्टरनेशनलले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वभर मृत्युदण्डको सजाय दिइएको मध्ये सन् २०२३ मा सन् २०१५ यताकै सबैभन्दा ठूलो संख्या छ । 
नयाँ दिल्लीको तापक्रम हालसम्मकै उच्च
नयाँ दिल्लीको तापक्रम हालसम्मकै उच्च भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस पुगेको छ। तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले बुधबार नरेला र मुङ्गेशपुरस्थित दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको हो।मौसम विभागका अनुसार त्यहाँको तापक्रम अपेक्षाभन्दा नौ डिग्री...
उत्तर कोरियाले दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्ने
उत्तर कोरियाले दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्ने उत्तर कोरियाले छिट्टै जासुसी भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरेको छ। उत्तर कोरिया आफैले यो जानकारी जापानलाई दिएको छ। यसको पुष्टि गर्दै जापान कोस्ट गार्डले उत्तर कोरियाले मे २८ देखि जुन ४ सम्ममा भूउपग्रह प्रक्षेपण गर्ने जनाएको छ। तर, उत्तर कोरियाले यो प्रक्षेपणको मिति भने दिएको छैन।
हलिउड अभिनेता जोनी वाक्टरको गोली हानी हत्या
हलिउड अभिनेता जोनी वाक्टरको गोली हानी हत्या वाक्टरको कार पार्क गरिरहेको स्थानमा रहेको क्यालिटीक कन्भर्टर हटाउन प्रयासरत रहेका तीन व्यक्तिले ३७ वर्षे अभिनेतालाई आक्रमण गरेका थिए। आक्रमणबाट जोनी गम्भीर घाइते भएका थिए। क्यालिटीक कन्भर्टर महँगो मूल्यमा बिक्री हुने फलामको साधन हो।
अमेरिकामा आँधीका कारण १८ को जनाको मृत्युः लाखौँ प्रभावित
अमेरिकामा आँधीका कारण १८ को जनाको मृत्युः लाखौँ प्रभावित संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रमा घातक आँधीका कारण चार बालबालिकासहित १८ जनाको मृत्यु भएको र लाखौँले गम्भीर मौसमको खतराको सामना गर्नुपरेको छ।
भारत निर्वाचनः भाजपाले ३ सय सिट कटाउने गृहमन्त्री शाहको दाबी
भारत निर्वाचनः भाजपाले ३ सय सिट कटाउने गृहमन्त्री शाहको दाबी भारतको तल्लो सदन लोकसभाको निर्वाचनमा छैटौं चरणको मतदान सकिएको छ। अब अन्तिम सातौँ चरणको मतदान सकिएपछि केही दिनमा मत परिणाम सार्वजनिक गरिने त्यहाँको निर्वाचन आयोगले जनाएको। 
बङ्गलादेशका सांसदको भारतमा हत्या: टुक्रा पारेको शव नहरमा, सुन तस्करीसँग जोडियो
बङ्गलादेशका सांसदको भारतमा हत्या: टुक्रा पारेको शव नहरमा, सुन तस्करीसँग जोडियो भारतमा बंगलादेशी सांसद अनवरुल अजिम अनारको हत्या प्रकरणमा नयाँ खुलासा भएको छ। यस प्रकरणको छानबिन गरिरहेको सीआईडीले उनको शव टुक्रा पारेर फालिएको बताएको छ।
गाजाको शरणार्थी शिविरमा इजरायलले गर्‍यो हवाई हमला, ५० जनाको मृत्यु
गाजाको शरणार्थी शिविरमा इजरायलले गर्‍यो हवाई हमला, ५० जनाको मृत्यु हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले रफाह नजिकैको शरणार्थी शिविरमा भएको विस्फोटमा ५० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ। मृत्यु हुनेमा महिला र बालबालिका छन्।इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले उक्त क्षेत्रमा हमासको कम्पाउण्डलाई लक्षित गरी हवाई हमला गरेको पुष्टि गरेको छ। उसले घटनाको समीक्षा भइरहेको बताएको छ।
इजरायलको तेल अवीवमा हमासद्वारा रकेट प्रहार
इजरायलको तेल अवीवमा हमासद्वारा रकेट प्रहार इजरायली सेनाले गाजाको रफाहबाट ८ वटा रकेट प्रहार गरिएको र तीमध्ये अधिकांशलाई खसालिएको बताएको छ। इजरायली सेनाले रफाहमा ठूलो सैन्य कारबाही गरिरहेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रफाहमा ठूलो कारबाही नगरी हमासलाई हराउन नसकिने बताएका छन्।
भारतको राजकोटस्थित गेम जोनमा भीषण आगलागी, बालबालिकासहित २७ जनाको मृत्यु
भारतको राजकोटस्थित गेम जोनमा भीषण आगलागी, बालबालिकासहित २७ जनाको मृत्यु ‘आगलागीमा मृत्यु हुनेहरूको शव राजकोट सिभिल अस्पतालको पोस्टमार्टम कक्षमा ल्याइएको छ। शवको पहिचानका लागि डीएनए परीक्षणको तयारी भइरहेको छ,’ बीबीसीले लेखेको छ। शहरको मावरोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउनका लागि सयौँको सङ्ख्यामा दमकल परिचालन गरिएको थियो।
इजरायलले संयुक्त राष्ट्रसंघ अदालतको आदेशको बेवास्ता गर्दै फेरि गर्‍यो आक्रमण  
इजरायलले संयुक्त राष्ट्रसंघ अदालतको आदेशको बेवास्ता गर्दै फेरि गर्‍यो आक्रमण   हमासले अक्टोबर ७ मा सुरु गरेको युद्धको युद्धविराम खोज्ने प्रयासबीच संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय अदालतले दक्षिणी सहरमा सैन्य कारबाही रोक्न आदेश दिएको एक दिनपछि शनिबार इजरायलले राफाहसहित गाजापट्टीमा बम प्रहार गरेको छ। 
शर्तसहित युद्ध रोक्न पुटिन सहमत, खार्किभ कब्जा गर्ने योजना नभएको दाबी
शर्तसहित युद्ध रोक्न पुटिन सहमत, खार्किभ कब्जा गर्ने योजना नभएको दाबी रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएका छन्। तर, यसका लागि उनले केही शर्त राखेका छन्। समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई देशबीचको सीमा विद्यमान नियमअनुसार नै रहन चाहेको दाबी गरेको छ। यसको मतलब रुसले कब्जा गरेको युक्रेनका क्षेत्रहरु अब उसको हिस्सा नै रहन्छन्।
Weather Update