भारतको खाद्य प्रशोधन कारखानामा आगलागी, तीनको मृत्यु, छ जना घाइते
काठमाडौं— भारतको उत्तरी दिल्लीको नरेला औद्योगिक क्षेत्रमा रहेको खाद्य प्रशोधन कारखानामा शनिबार बिहान आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ। ६ जना घाइते छन् ।
उनीहरूको उद्धार पछि तत्कालै नरेलाको एसएचआरसी अस्पतालमा लगिएकोमा घाइते मध्ये तीन जनालाई अस्पतालले मृत घोषणा गरेको हो ।
घटना हुँदा नौ जना कारखाना भित्र रहेको जनाइएको छ।
प्रहरीका अनुसार ग्यास चुहिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मृत्यु हुनेहरूमा श्याम , राम सिंह र बीरपा छन् ।
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१ १५:०२