पाकिस्तानको कोइला खानीमा ग्यास चुहावट हुँदा ११ जनाको मृत्युमंगलबार, जेठ २२, २०८१

भारतीय लोकसभाको सुरुवाती रुझानमा भाजपा नेतृत्वको एनडीए अगाडि, इन्डिया गठबन्धन पछाउँदै मंगलबार, जेठ २२, २०८१ भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ। आज बिहान ८ बजेदेखि सुरु मतगणनाको सुरुवाती रुझानमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए अगाडि देखिएको छ।अहिलेसम्म करिब ५०० सिटको सुरुवाती रुझानमा एनडीएको २७० र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनको २०० सिटमा अगाडि देखिएको छ।

भारतमा सुरु भयो लोकसभा निर्वाचनको मतगणना, मोदीको तेस्रो कार्यकालको सम्भावना कति? मंगलबार, जेठ २२, २०८१ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज विश्वकै सबैभन्दा ठूलो निर्वाचनमा खसेको ६४ करोड २० लाख मत गणना गर्दा लगातार तेस्रो कार्यकालको कीर्तिमान बनाउने अड्कल काटिएको छ।एक्जिट पोलले मोदीको लागि ठूलो जितको प्रक्षेपण गरेको छ र यदि त्यो प्रक्षेपण पुष्टि भए मोदीको अभियान सफल हुने छ।

ट्रम्प र बाइडेन बाहेक अमेरिकामा तेस्रो राष्ट्रपति उम्मेदवार ओलिभर को हुन्? मंगलबार, जेठ २२, २०८१ जब मतदाताहरू अमेरिकी राष्ट्रपतिको चुनावको लागि मतदान गर्न जान्छन्, उनीहरूले मतदान केन्द्रमा उम्मेदवारको रूपमा कम चिनिने व्यक्तित्व पनि देख्न सक्छन्, त्यो चेज ओलिभर हुन्।चेज ओलिभर यस वर्ष लिबर्टेरियन पार्टीको राष्ट्रपति पदका उम्मेदवार हुन्। राष्ट्रिय स्तरमा झन्डै एक प्रतिशत मत जित्ने यो सानो राजनीतिक दल हो। साथै, यो पार्टी नागरिक...
-(1)-1713510775.jpg)
भारतमा लोकसभा निर्वाचनको आज मतगणना मंगलबार, जेठ २२, २०८१ भारतमा लोकसभाको निर्वाचन १९ अप्रिल देखि १ जुनसम्म गरि सात चरणमा भएको थियो । यो सन् १९५२ पछिको सबैभन्दा लामो निर्वाचन हो, सन् १९५२ मा निर्वाचन प्रक्रिया ४ महिनासम्म चलेको थियो । जहाँ सन् १९८० मा मात्र ४ दिनमा निर्वाचन भएको थियो । २०१९ को निर्वाचन ३९ दिनमा सम्पन्न भएको...

मिडिया टाइकुन ९३ वर्षीय मर्डकले गरे पाँचौं विवाह सोमबार, जेठ २१, २०८१ मिडिया टाइकुनको नामले चर्चित रूपर्ट मर्डकले पाँचौं विवाह गरेका छन्। उनले ६७ बर्षिया एलेना झुकोभालाई आफ्नो पार्टनर बनाएको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन्।९३ वर्षीय मर्डकले गत वर्षदेखि एलेनासँग डेटिङ गरिरहेका थिए। एलेना सेवानिवृत्त आणविक जीव वैज्ञानिक हुन्। उनको भने यो तेस्रो विवाह हो।

कुवेतका पूर्वप्रधानमन्त्री नयाँ युवराज घोषणा सोमबार, जेठ २१, २०८१ कुवेतका अमिरले नयाँ युवराजका रूपमा शेख सहाव खालिद अल–हमाद अल–सहावको नाम सार्वजनिक गरेका छन्। राजगद्दी सम्हालेको ६ महिनापछि र संसद् निलम्बन गरेको केही हप्तापछि शनिबार उनले नयाँ युवराज घोषणा गरेका हुन्।

केजरीवालले गरे तिहाड जेलमा आत्मसमर्पण आइतबार, जेठ २०, २०८१ २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन्।

भारतको अरुणाचल र सिक्किम विधानसभामा एनडीएलाई फराकिलो बहुमत आइतबार, जेठ २०, २०८१ भारतको उत्तरपूर्वी दुई राज्यहरू अरुणाचल प्रदेश र सिक्किम दुवै राज्यमा सत्तारुढ दलले भारी बहुमत ल्याउने देखिएको छ। अरुणाचल प्रदेशमा भाजपा नेतृत्वको एनडीए गठबन्धन अहिलेसम्म ६० मध्ये ४५ सिटमा अगाडि छ। त्यस्तै, सिक्किममा सत्तारुढ एसकेएम पार्टीले ३२ सिटमध्ये ३१ सिटमा अग्रता लिएको छ।
-1717326757.jpg)
इन्डोनेसियामा ज्वालामुखी विस्फोट आइतबार, जेठ २०, २०८१ पूर्वी इन्डोनेसियामा आइतबार ज्वालामुखी विस्फोट भएको छ। विस्फोटपछि सात किलोमिटर माथि आकाशमा खरानीले बादलजस्तै ढाकेको सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यमले देखाएका छन्। यो ज्वालामुखीबाट यस वर्षको सुरुदेखि अहिलेसम्म भएका करिब १०० वटा विस्फोटको पछिल्लो घटना हो।

भारतमा अत्यधिक गर्मीका कारण निर्वाचनमा खटिएका ३३ कर्मचारीको मृत्यु आइतबार, जेठ २०, २०८१ भारतमा अत्यधिक गर्मीका कारण निर्वाचनको अन्तिम दिन अर्थात् जुन १ मा एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरुको हृदयघातका कारण मृत्यु भएको छ। भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियस भन्दा माथिको तापक्रमका कारण धेरैको मृत्यु भएको उत्तर प्रदेशका प्रमुख निर्वाचन अधिकारी नवदीप रिन्वाले बताए। एक दिनमा दर्जनौं कर्मचारीहरूको...

अमेरिकामा राष्ट्रपतिको चुनाव जेलबाट लड्न मिल्छ? आइतबार, जेठ २०, २०८१ अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्प अपराधमा दोषी ठहरिने पहिलो पूर्व वा सेवारत अमेरिकी राष्ट्रपति बनेका छन्। न्यूयोर्क स्थित म्यानहट्टन अदालतले बिहीबार ट्रम्पलाई ३४ अपराधमा दोषी ठहर गरेको छ। अब यसको सजाय निर्धारण जुलाई ११ मा हुने बताइएको छ। उनीहरूले त्यसको विरुद्धमा पुनरावेदन गर्न पाउने छन् र निर्णय यथावत रहेमा पनि उनीहरूलाई...

केजरीवाल आज पुन: जेल जाँदै आइतबार, जेठ २०, २०८१ भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज पुन: जेल जाँदै छन् ।भारतको सर्वोच्च अदालतले दिएको अन्तरिम जमानतको समय आज सकिएसँगै आज उनले सरेन्डर गर्नुपर्ने भएको छ ।