News Griha :: न्यूजगृह
गाजाको शरणार्थी शिविरमा इजरायलले गर्‍यो हवाई हमला, ५० जनाको मृत्यु
गाजाको शरणार्थी शिविरमा इजरायलले गर्‍यो हवाई हमला, ५० जनाको मृत्यु हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले रफाह नजिकैको शरणार्थी शिविरमा भएको विस्फोटमा ५० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ। मृत्यु हुनेमा महिला र बालबालिका छन्।इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले उक्त क्षेत्रमा हमासको कम्पाउण्डलाई लक्षित गरी हवाई हमला गरेको पुष्टि गरेको छ। उसले घटनाको समीक्षा भइरहेको बताएको छ।
इजरायलको तेल अवीवमा हमासद्वारा रकेट प्रहार
इजरायलको तेल अवीवमा हमासद्वारा रकेट प्रहार इजरायली सेनाले गाजाको रफाहबाट ८ वटा रकेट प्रहार गरिएको र तीमध्ये अधिकांशलाई खसालिएको बताएको छ। इजरायली सेनाले रफाहमा ठूलो सैन्य कारबाही गरिरहेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रफाहमा ठूलो कारबाही नगरी हमासलाई हराउन नसकिने बताएका छन्।
भारतको राजकोटस्थित गेम जोनमा भीषण आगलागी, बालबालिकासहित २७ जनाको मृत्यु
भारतको राजकोटस्थित गेम जोनमा भीषण आगलागी, बालबालिकासहित २७ जनाको मृत्यु ‘आगलागीमा मृत्यु हुनेहरूको शव राजकोट सिभिल अस्पतालको पोस्टमार्टम कक्षमा ल्याइएको छ। शवको पहिचानका लागि डीएनए परीक्षणको तयारी भइरहेको छ,’ बीबीसीले लेखेको छ। शहरको मावरोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउनका लागि सयौँको सङ्ख्यामा दमकल परिचालन गरिएको थियो।
इजरायलले संयुक्त राष्ट्रसंघ अदालतको आदेशको बेवास्ता गर्दै फेरि गर्‍यो आक्रमण  
इजरायलले संयुक्त राष्ट्रसंघ अदालतको आदेशको बेवास्ता गर्दै फेरि गर्‍यो आक्रमण   हमासले अक्टोबर ७ मा सुरु गरेको युद्धको युद्धविराम खोज्ने प्रयासबीच संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय अदालतले दक्षिणी सहरमा सैन्य कारबाही रोक्न आदेश दिएको एक दिनपछि शनिबार इजरायलले राफाहसहित गाजापट्टीमा बम प्रहार गरेको छ। 
शर्तसहित युद्ध रोक्न पुटिन सहमत, खार्किभ कब्जा गर्ने योजना नभएको दाबी
शर्तसहित युद्ध रोक्न पुटिन सहमत, खार्किभ कब्जा गर्ने योजना नभएको दाबी रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएका छन्। तर, यसका लागि उनले केही शर्त राखेका छन्। समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई देशबीचको सीमा विद्यमान नियमअनुसार नै रहन चाहेको दाबी गरेको छ। यसको मतलब रुसले कब्जा गरेको युक्रेनका क्षेत्रहरु अब उसको हिस्सा नै रहन्छन्।
भारतको लोकसभा निर्वाचन: छैटौँ चरणको मतदान आज
भारतको लोकसभा निर्वाचन: छैटौँ चरणको मतदान आज आज मेनका गान्धी, मनोहर लाल खट्टर, महबुबा मुफ्ती, राज बब्बर, दिनेश लाल निरहुवा, धर्मेन्द्र यादव, मनोज तिवारी लगायत धेरै हाइप्रोफाइल उम्मेदवार चुनावी मैदानमा छन् । त्यस्तै धर्मेन्द्र प्रधान, राव इन्दरजीत सिंह, कृष्णपाल गुर्जर जस्ता केन्द्रिय मन्त्रीहरू पनि चुनावी मैदानमा रहेका छन्।
संयुक्त राष्ट्रसंघ अदालतको आदेश: रफाहमा इजरायलले आक्रमण तुरुन्त रोकोस्
संयुक्त राष्ट्रसंघ अदालतको आदेश: रफाहमा इजरायलले आक्रमण तुरुन्त रोकोस् 'इजरायलले तुरुन्तै रफाहमा आफ्नो सैन्य आक्रमण र गाजामा प्यालेस्टिनी समूहलाई पूर्ण वा आंशिक रूपमा भौतिक विनाश ल्याउन सक्ने अन्य कुनै पनि कारबाही रोक्नुपर्दछ,' अन्तर्राष्ट्रिय अदालतका अध्यक्ष न्यायाधीश नवाफ सलामले आदेश सुनाउदै भने। 
इमरान खानको पार्टी कार्यालयमा डोजर चलाइयो
इमरान खानको पार्टी कार्यालयमा डोजर चलाइयो पाकिस्तानका पूर्र्व राष्ट्रपति इमरान खानको तहरीक–ए–इन्साफ (पीटीआई)को कार्यालयमा डोजर चलाइएको छ। राजधानी विकास प्राधिकरणले इस्लामाबादमा रहेको पाकिस्तान पीटीआईको केन्द्रीय सचिवालयको एक भाग ध्वस्त पारेको छ।
ताइवानलाई घेरा हालेर चिनियाँ सेनाको युद्ध अभ्यास
ताइवानलाई घेरा हालेर चिनियाँ सेनाको युद्ध अभ्यास यसअघि ताइवानमाथि मात्रै आर्थिक नाकाबन्दी लगाउँदै आएको थियो। वास्तवमा, ताइवानमा यस वर्ष जनवरीमा भएको राष्ट्रपतीय चुनाव अघि चीनले उम्मेदवार लाइ चिङ टेलाई पृथकतावादी भनेको थियो। तर, चीनको धम्कीका बाबजुद पनि ताइवानमा चिनियाँ विरोधी नेता लाइ चिङ टे विजयी भएका थिए।  चीनको यस अभ्यासमा लडाकु विमान र धेरै नौसेना युद्धपोतहरू संलग्न...
इरानका राष्ट्रपतिको आज अन्त्येष्टि गरिने
इरानका राष्ट्रपतिको आज अन्त्येष्टि गरिने हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका राष्ट्रपति इब्राहिम रायसीको बिहीबार उनको गृहनगरमा अन्त्येष्टि गरिने भएको छ।बाँध उद्घाटन गरी फर्कने क्रममा आइतबार देशको उत्तरपश्चिम हिमाली क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ६३ वर्षीय रायसीसहित इरानी  विदेशमन्त्री र अन्य ६ जनाको मृत्यु भएको थियो।
बेलायतमा जुलाई ४ मा आम निर्वाचनको घोषणा
बेलायतमा जुलाई ४ मा आम निर्वाचनको घोषणा बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमनिर्वाचन हुने घोषणा गरेका छन्।बुधबार प्रधानमन्त्री सुनकले संसद् भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताउँदै आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन्।
युक्रेनी क्षेत्रमा रुसले सुरु गर्यो आणविक हतियारको परीक्षण
युक्रेनी क्षेत्रमा रुसले सुरु गर्यो आणविक हतियारको परीक्षण युक्रेन युद्ध बीचमा रुसी सेनाले इस्कान्डर र किन्जल मिसाइलको प्रयोग गरी रणनीतिक आणविक परीक्षण सुरु गरेको छ। रुसी रक्षा मन्त्रालयले मंगलबार यी परीक्षणहरू युक्रेनको दक्षिणी सैन्य क्षेत्रमा भइरहेको बताएको छ। यो क्षेत्र एकदम ठूलो छ। रुसले परीक्षणहरू कहाँ भइरहेको छ भन्ने ठ्याक्कै बताएको छैन ।
Weather Update